(Japan) 13 th September | 2025 | Saturday | 7:01:04 AM || (Nepal) 3:46:04 AM
 
 

भोली टोकियो नोगातामा चर्चित कलाकारहरुको साथमा नि:शुल्क हरितालिका तीज मेला हुँदै

  POSTED ON : Wednesday, 20 August, 2025 | Views : 758

भोली टोकियो नोगातामा चर्चित कलाकारहरुको साथमा नि:शुल्क हरितालिका तीज मेला हुँदै


टोकियो, जापान ।

नेपाली नारिहरुको प्रमुख चाड हरितालिका तीजको अवसरमा भोली अगष्ट २१ तारिख बिहिबार राजधानी टोकियोको नोगातामा बृहत हरितालिका तीज मेला आयोजना हुने भएको छ ।

तारा खोला समाजको आयोजना र टिएफसी जापानको व्यवस्थापनमा हुने हरितालिका तीज मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा एक दर्जन बढि गायक गायिकाहरु सहित लोकप्रिय कलाकारहरुले आफ्नो नृत्य कला प्रस्तुत गर्ने भएका छन् ।

तीज मेलामा लोकप्रिय गायक सुर्य खड्का सहित गायिका रितु थापा मगर, ज्योति लोहनी, सुमिना खड्का एवं चेतन घर्ति मगर र देव शाहनीले हरितालिका तीजमा टोकियोवासी नेपाली महिला दिदिबहिनीहरुलाई नचाउने भएका छन् । यस बाहेक कामना फगामी मगर सहित श्रृष्टि विश्वकर्माले आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

दिउँसो ३ बजेबाट सुरु हुने हरितालिका तीज मेला दिउसो ३ बजेबाट सुरु भई राती ९ बजेसम्म टोकियोको नाकानो नोगातामा रहेको नोगाता कुमिन सेन्टरमा संचालन हुनेछ ।

जापानवासी नेपालीहरुका लागि हरितालिका तीजको अवसरमा आयोजित तीज मेलामा टोकियो र आसपासको क्षेत्रका सबै नेपाली महिला दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको निमन्त्रणा सहित आयोजकले निःशुल्क प्रवेश रहेका भरपुर मनोरञ्जन लिन आग्रह गरेको छ ।