(Japan) 12 th October | 2025 | Sunday | 10:28:59 AM || (Nepal) 7:13:59 AM
 
 

पाल्पा समाज जापानद्धारा चौथो अधिवेशन सहित तीजको दर खाने कार्यक्रम आयोजना

  POSTED ON : Sunday, 17 August, 2025 | Views : 830

पाल्पा समाज जापानद्धारा चौथो अधिवेशन सहित तीजको दर खाने कार्यक्रम आयोजना


टोकियो, जापान ।

जापानमा रहेका पाल्पा जिल्लावासीहरुको साझा संस्था पाल्पा समाजको चौथो अधिवेशन यही अगष्ट २४ तारिख टोकियोमा आयोजना हुने भएको छ ।

जापानमा रहेका क्रियाशिल संस्था मध्येको एक पाल्पा समाजले आफ्नो अधिवेशनको साथमा पाल्ला जिल्ला घर भई जापानमा रहनुहुने दिदिबहिनीहरुलाई हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम समेत आयोजना गरेको छ ।

कार्यक्रम यहि अगष्ट २४ तारिख दिउँसो २ बजेबाट बारकाँडे रेष्टुरेण्टमा अधिवेशन आयोजना गरिएको छ । चौथो अधिवेशनबाट पाल्पा समाज जापानले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

अधिवेशन सहित आयोजित तीजको दर खुवाउने कार्यक्रममा सम्पूर्ण पाल्ला जिल्ला वासीहरुलाई उपस्थितिको लागि समाजले अनुरोध समेत गरेको छ ।