बेलायत ।
गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ ।
बेलायतमा गए राति सम्पन्न मतगणना अनुसार अध्यक्षमा निर्वाचीत पुडासैनीले प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गरेका हुन् ।
पुडासैनीले एक हजार ४८२ मत सहित एनआरएनए बेलायतको २०२५-२७ कार्यकालका लागि अध्यक्षमा बिजयी भएका हुन् । अध्यक्षका प्रतिस्पर्धी अर्का उम्मेदवार खरेलले नौ सय ७७ र खत्रीले मात्र चार सय ९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा उज्ज्वल कार्की, डा रक्षा थापा र रामप्रसाद कँडेल बिजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा विजयी भएका छन् ।
एनआरएनए बेलायतको सदस्यमा विष्णु खरेल र छविलाल अर्याल, इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षपदमा राममाया विष्ट थापा विजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पुडासैनीले संस्थालाई महसुस गर्न सकिने, खोज्दा भेटिने र देखिने बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । उनले भने, “एनआएनए बेलायतको सदस्यहरु केन्द्रित अभियान हामीले आजैदेखि सुरुआत गरेका छौं । हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्, नेपालको राष्ट्रिय गीतले भनेझै सबै थुंगा फुलका हामी एउटै माला नेपाली बनेर एक हुन सक्नुपर्छ ।” सबै बेलायतवासी नेपालीलाई एकताबद्ध गर्ने आफ्नो पहिलो कार्ययोजना भएको बिजयी राजेन्द्र पुडासैनीले बताउनुभयो ।