टोकियो, जापान ।
गैर आवासीय नेपाली संघ जापानको २०२५-२७ कार्यकालका लागि खुल्ला सचिवमा नेत्र पाण्डेको सम्भावना देखिएको छ ।
निवर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यका रुपमा सक्रिय रहेका पाण्डे एनआरएनए जापान सहित अन्य सामाजिक संघसंस्थामा सक्रिय रुपमा देखिने गरेका छन् ।
आफुलाई समस्या देख्ने होइन, समाधान खोज्ने नेतृत्वका लागि उम्मेदवारी भन्ने नारा सहित चुनावी मैदानमा होमिएका पाण्डे गुल्मी समाज जापान, एमआरआर जापान लगायत सामाजिक संघसंस्थामा समेत आवद्ध छन् ।
एक दशकदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका पाण्डे जापानमा रहेका नेपालीहरुका सुख दुःखको साक्षी रहेको बताउँदै समाजको आवश्यकता र पीडामा जहाँ आवश्यक पर्छ त्यहाँ पुग्न आफु तत्पर रहेको बताउँछन् ।
एनआरएनए जापान कार्यक्रम गर्ने र पद प्राप्त गर्ने थलो मात्र बन्न नहुने बताउने नेत्र पाण्डेको जापानस्थित नेपाली समुदायका वास्तविक समस्या बुझ्ने, सुन्ने र समाधान खोज्ने समर्पित साझेदार संस्थाका रुपमा एनआरएनएलाई स्थापीत गराउन आफु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता छ ।
सामाजिक कार्यहरूका अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्दै, आगामी दिनमा थप योजनाबद्ध ढंगले अघी बढ्ने कुरामा संकल्पसाथ, विगतका गतिविधिहरू र आगामी कार्ययोजना तपाईंहरू समक्ष क्रमशः प्रस्तुत गर्दै जाने प्रतिबद्धता जनाउँदै एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि खुल्ला तर्फ सचिव पदका उम्मेदवार नेत्र पाण्डे भन्छन् 'जापानवासी नेपालीहरुबाट अमूल्य समर्थन सहित जुलाई २७ तारिख हुने निर्वाचनमा मतको अपेक्षा गरेको छ । म तपाईंहरुले दिने मतको मान राख्नेगरि मन बचन र कर्मले काम गरेर देखाउनेछु ।'