(Japan) 12 th October | 2025 | Sunday | 10:28:54 AM || (Nepal) 7:13:54 AM
 
 

यस कारण एनआरएनए जापानको सचिबमा दिनेश लोहनी आवश्यक

  POSTED ON : Thursday, 24 July, 2025 | Views : 408

यस कारण एनआरएनए जापानको सचिबमा दिनेश लोहनी आवश्यक


टोकियो, जापान ।

एनआरएनए जापानको आगामी दुई बर्षका लागि नयाँ नेतृत्व छान्न चुनावको दिन मात्र तीन दिन बाँकी छ । २०२५-२७ कार्यकालका लागि जुलाई २७ तारिख चुनाव हुँदै गर्दा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुको प्रचार र दाबी आईरहँदा सचिब पदमा उम्मेदवारी दिएका एक सक्षम र उक्त पदका लागि प्रवल दाबेदार उम्मेदवार हुन् दिनेश लोहनी ।

लोहनी नेपालमा स्नातकसम्मको अध्ययन तथा जापानको अध्ययन पश्चात रोजगारी र हाल व्यवसायसँगै सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् ।

एनआरएनए जापानको निवर्तमान कार्यसमितिमा रहेर जापानमा नेपाली विद्यार्थीहरुलाई सेन्मोन गाक्को खोज्न सहयोग देखि रोजगारको लागि समन्वयकारी भूमिका निभाएका लोहनी नेपालीहरुको संख्या बढेसँगै एनआरएनए जस्ता संस्थाको भूमिका पनि बढेकाले आफुले थप योगदान गर्न आवश्यक र खाँचो रहेकाले सचिवमा उम्मेदवारी दिएको बताउँछन् ।

धादिगं समाज जापानको अध्यक्षको रुपमा समेत सफलतापूर्वक जिम्मेवारी पुरा गरिसकेका लोहनी जापानमा रहको नेपालीहरुको विश्वास र आसालाई डगमगाउन नदिने प्रतिवद्धता जनाउँछन् ।

'दैनिक भैपरिआउने सनस्याको समाधान साथै सामाजिक, मनोवैज्ञानिक र प्रबिधि मार्फत मेरो नेपाल र जापान जोड्ने अभियानमा साथको लागि मलाई अहिले जापानवासी नेपालीहरुको मन र मत चाहिएको छ' एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि खुल्ला सचिब तर्फ उम्मेदवार लिस्टको ५ नम्वरमा रहेका दिनेश लोहनी भन्छन् 'अनि यो दुई वर्षे कार्यकालमा सचिवको रुपमा रहेर मैंले जापानवासी नेपालीहरुका लागि मन बचन र कर्मले सक्दो सामाजिक सेवा, संस्थागत जिम्मेवारी र जापानवासी नेपालीहरुको सुख दुःखमा सहभागी हुनेछु ।'

जापानमा रहेका नेपालीहरुका लागि रोजगार उपलब्ध गराउने कम्पनी संचालन गर्दै आएका लोहनीको प्रतिबद्धता र अनुरोध छ 'मलाई भोट दिएर जिताउनुभएका वा नदिनुभएका पनि सबैको शिर उँचो हुनेगरि निस्वार्थ सेवा भावले आगामी दुई बर्ष काम गर्नेछु । एनआरएनए जापानको गरिमालाई बढाउनेगरि पारदर्शी भएर सँधै दत्तचित्त भएर लाग्नेछु ।'