(Japan) 2 nd November | 2025 | Sunday | 6:24:54 AM || (Nepal) 3:09:54 AM
 
 

युवा जोश र एकताको आवाज सहित एनआरएनए केन्द्रय सदस्यमा अनिल गिरी आउँदै

  POSTED ON : Thursday, 24 July, 2025 | Views : 440

युवा जोश र एकताको आवाज सहित एनआरएनए केन्द्रय सदस्यमा अनिल गिरी आउँदै


टोकियो, जापान ।

गैर आवासीय नेपाली संघ जापानको केन्द्रीय सदस्यमा युवा व्यवसायी तथा सामाजिक अभियन्ता अनिल गिरीले उम्मेदवारी दिएका छन् ।

जहाँ रहेपनि सकेको सहयोग सबैलाई गर्नुपर्ने मूल मन्त्र सहित जापानको अध्ययन, रोजगार पश्चात आफ्नै व्यवसाय गर्दै आएका अनिल हाल बारा सामाज जापानको अध्यक्ष समेत रहेका छन् ।

एनआरएनए जापानको मानार्थ सदस्य सहित एनआरएनए सेन्दाईको उपसंयोजकको समेत जिम्मेवारी पुरा गरिसकेका गिरी मियागी प्रिफेक्चरका लागि नेपाल जापान फ्रेण्डसिप लाईन क्लव तथा अन्य सामाजिक संघसंस्थामा आवद्ध रहेर सामाजिक गतिविधिहरुमा सक्रिय रहँदै आएका छन् ।

संस्थामा विधि र विधानबाट अघि बढ्न काम गर्ने र हुकुमी शैलि वा गलत काम गर्न खोजेमा खवरदारी गर्ने बताउँदै अनिल भन्छन् -सम्पूर्ण जापानवासी नेपालीहरुसँग सेवा भाव, सांस्कृतिक एकता प्रदर्शन सहित संस्थागत पारदर्शिता र ईमान्तारिताका साथ काम गर्ने प्रतिवद्धता जनाउँदछु ।-

एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि केन्द्रीय सदस्यका उम्मेदवार रहेका अनिल गिरीको नाम उम्मेदवार लिस्टको १३ नम्वरमा रहेको छ ।