टोकियो, जापान ।
जापानको क्षेत्रिय कार्यसमितिहरु मध्ये सक्रिय कार्यसमितिको संयोजकको रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका बिबेक बुढाथोकी एनआरएनए जापानको सचिवमा उम्मेदवार बनेका छन् ।
एनआरएनए जापान क्षेत्रिय समिति क्यूसुको २०२३-२५ को संयोजकको रुपमा सफलतापूर्वक जिम्मेवारी पुरा पश्चात बिबेक बुढाथोकीले गैर आवासीय नेपाली संघ जापान, राष्ट्रीय समन्वय परिषद २०२५-२७ कार्यकालका लागि सचिव पदको उम्मेदवार (खुल्ला) तर्फ उम्मेदवारी दिएका हुन् ।
अग्रजलाई सम्मान युवालाई प्रोत्साहन ईमानदारीता र पारदर्शिता एनआरएनए बनाउने मेरो अभियान भन्ने नारा सहित उम्मेदवारी दिएका बुढाथोकी सबैमाझ मिलनसार र सहकार्य गर्दै अघि बढ्ने युवा अभियन्ताका रुपमा चिनिन्छन् ।
क्यूशुवासी नेपालीहरुमाथ आपत विपद र समस्यामा सहयोग गर्न हरदम तयार रहँदै आएका बिबेक एनआरएनए केन्द्रसँग सहकार्य गरेर विशेषगरि क्यूशु क्षेत्र सहित जापानभर रहनुभएका नेपालीहरुका सुख दुःखमा सहकार्य गर्दै संस्थागत लक्ष्य पुरा गर्न आफुले एनआरएनए जापानको सचिवमा उम्मेदवारी दिएको बताउँछन् ।
'सचिवको रुपमा बिजयी भएपछि मैंले धेरै ठूला र आफ्नो क्षेत्र भन्दा बाहिरको कुरा गर्नु त्यति उपयुक्त हुँदैन तर संस्थागत जिम्मेवारी पुरा गर्दै एनआरएनए जापानलाई युवाहरुलाई प्रोत्साहन गराउन तथा संस्थालाई पारदर्शी बनाउँदै ईमान्दारिता पूर्वक काम गर्नुनै मेरो काम हुनेछ' बिबेक बुढाथोकी भन्छन् 'मलाई जापानभरबाट जुन विश्वास र प्रोत्साहन मिलिरहेको छ अब विश्वस्त छु मनसँगै मत दिएर बिजयी गराउनुभयो भने म एनआरएनए जापानको २०२५-२७ कार्यकालमा मन, बचन र कर्मले विना स्वार्थ सेवामा हरदम तत्पर रहनेछु ।'