टोकियो, जापान ।
गैर आवासीय नेपाली संघ जापानको कान्तो क्षेत्रिय समितिका निवर्तमान संयोजक सागर कार्की एनआरएनए जापानको केन्द्रिय सचिब (क्षेत्रीय) पदको उम्मेदवार बनेका छन् ।
एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि क्षेत्रीय सचिवमा उम्मेदवार बनेका कार्की अनुभव, स्पष्टता र सर्मपण सहित आफुले उम्मेदवारी दिएको बताउँछन् ।
एनआरएनए जापानमा सहभागिता, पारदर्शिता, नवीनता प्रदान गर्ने प्रतिवद्धता सहित उम्मेदवारी दिएका कार्की विगत एक दशक देखि एनआरएनए जापानमा आवद्ध रहँदै आएका छन् ।
युवा शक्ति, पारदर्शी नेतृत्व र निष्पक्ष परिवर्तनका लागि आफुले केन्द्रिय सचिब (क्षेत्रीय) पदको उम्मेदवारी दिएको बताउँदै सागर कार्की एनआरएनए जापानलाई अझ सशक्त, भरोसायोग्य, एकताबद्ध र गतिशील बनाउन आफुले सक्दो भूमिका खेल्ने प्रतिवद्धता जनाउँछन् ।
एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि जापानवासी नेपालीहरुको मन जित्दै आएको र अब मत पनि पाउने विश्वास सहित कार्की आफुले सँधै मतदाताहरुको लागि गर्वगर्न लायक काम गर्ने बताउँछन् ।