(Japan) 12 th October | 2025 | Sunday | 10:26:18 AM || (Nepal) 7:11:18 AM
 
 

रमेश गिरी एनआरएनए जापानको क्षेत्रिय सह-कोषाध्यक्षका उम्मेदवार

  POSTED ON : Wednesday, 23 July, 2025 | Views : 550

रमेश गिरी एनआरएनए जापानको क्षेत्रिय सह-कोषाध्यक्षका उम्मेदवार


टोकियो, जापान ।

एनआरएनए जापानको क्षेत्रिय सह कोषाध्यक्षमा रमेश गिरीले उम्मेदवारी दिएका छन् ।

एनआरएनए चिवा क्षेत्रिय समिति सहित एनआरएनए जापानको केन्द्रिय समितिसम्मका डिजिटल प्रणाली निर्माणमा सक्रिय भूमिका निभाउँदै आएका गिरीले एनआरएनए जापानको २०२५-२७ कार्यकालका लागि सह कोषाध्यक्षका उम्मेदवार बनेका हुन् ।

सबैको चासो र गुनासोको विषय बनेको आर्थिक पारदर्शीतालाई पुर्णतया डिजिटल बनाई सबैको हातहातमा विवरण पुर्याउने उद्देश्यका साथ आफुले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको गिरी बताउँछन् ।

डिजिटल पारदर्शिता, समाजसेवा र उत्तरदायित्वमा आधारित नेतृत्वका लागि सदैव समर्पित रही आएको अनुभवका साथ जापानवासी नेपालीहरुको विश्वास, सुझाव र सक्रिय समर्थनको साथ आफुले उम्मेदवारी दिएको बताएका गिरी सबैको समर्थन र मत पाएर आफु बिजयी हुने बताउँछन् ।