(Japan) 12 th October | 2025 | Sunday | 10:26:05 AM || (Nepal) 7:11:05 AM
 
 

इजरायली नरसंहारमा ६६ हजार प्यालेस्टाइनी मारिएपछि हमास विपिन जोशी लगायत रिहा गर्न तयार

  POSTED ON : Saturday, 04 October, 2025 | Views : 462

इजरायली नरसंहारमा ६६ हजार प्यालेस्टाइनी मारिएपछि हमास विपिन जोशी लगायत रिहा गर्न तयार


एजेन्सी । 

गाजामा हमासले आफ्नो नियन्त्रणमा रहेका सबैलाई रिहा गर्ने घोषणा गरेपछि अक्टोबर ७, २०२३ देखि बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको परिवारमा आशा जागेको छ।


विपिनकी १८ वर्षीया बहिनी पुष्पा जोशीले खुशी व्यक्त गर्दै भनिन्, “म भगवानलाई धन्यवाद दिन्छु, म धेरै खुसी छु। इजरायली सरकारले यसलाई स्वीकार गरोस् र अन्ततः मैले मेरो भाइलाई देख्न पाऊँ।” उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको शान्ति प्रस्तावले चाँडै परिणाम ल्याउनेमा विश्वास व्यक्त गरिन्।


हमासले शुक्रबार राति सार्वजनिक गरेको वक्तव्यमा राष्ट्रपति ट्रम्पको आदानप्रदान प्रस्ताव अनुसार सबै इजरायली बन्धकहरू र मृतकहरूको शवसमेत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। समूहले यस विषयमा मध्यस्थकर्तामार्फत वार्ता गर्न तयार रहेको उल्लेख गरेको छ।


तर हमासले आफ्ना हतियार त्याग्ने वा गाजामा भविष्यमा राजनीतिक शक्ति प्रयोग नगर्ने मागबारे प्रष्ट खुलासा गरेको छैन। यसले इजरायल र वाशिङ्टन सन्तुष्ट हुन्छन् वा हुँदैनन् भन्ने अनिश्चितता कायम छ ।


गाजा युद्ध अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि सुरु भएको हो, जसमा करिब १,२०० इजरायली मारिएका थिए र २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो। यधपी त्यस अघि समेत इजरायली सेनाले दैनिक गाजा क्षेत्रमा आक्रमण तथा यातना र धरपकड गरिरहदा हमासले बदलामा   आक्रमण गरेको थियो । 


त्यसयता इजरायली सैन्य कारबाहीमा ६६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मारिनेमा अधिकांश महिला तथा बालबालिकाहरु रहेका छन ।