(Japan) 12 th October | 2025 | Sunday | 10:26:07 AM || (Nepal) 7:11:07 AM
 
 

स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना भए हतियार छाड्न हमास तयार

  POSTED ON : Sunday, 03 August, 2025 | Views : 490

स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना भए हतियार छाड्न हमास तयार


एजेन्सी ।

ईजरायलले गाजामा जारी नरसंहार रोक्न प्यालेस्टाईन राज्यलाई अस्विकार गर्दै त्यसको लागि लडाई लड्दै आएको लडाकु समुह हमासले हतियार त्याग्नुपर्ने माग राखेकोमा उक्त समुहले अस्विकार गरिदिएको छ ।

लाडकु समुह हमासले प्यालेस्टाईनको जेरुशेलम सहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना भएमा हातहतियार छोड्न तयार रहेको बताएको छ ।

गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त स्पष्ट पारेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विट्कफको भनाइको खण्डन गर्दै, हमासले गाजा द्वन्द्व अन्त्यका लागि मुख्य सर्तको रूपमा हातहतियार त्यागलाई अस्वीकार गरेको हो ।

अरब देशहरु र बेलायतले हमासलाई गाजामा नियन्त्रण छोड्न र शान्ति प्रक्रियामा सहकार्य गर्न आग्रह गरिरहेका छन् । बेलायतले सेप्टेम्बरसम्म इजरायलले सर्तहरू पूरा नगरे प्यालेस्टिनी राज्यको मान्यता दिने चेतावनी दिइसकेको छ । अन्य आधा दर्जन युरोपेली मुलुकहरुले पनि प्यालेस्टाईनी राज्यको मान्यता दिने कदम चालिरहेका छन् ।

यसैबीच, इजरायली सेनाले बन्धक मुक्त गर्ने बार्ता असफल भए फेरी आक्रमण शुरु गर्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले गाजामा मानवीय सङ्कट मानव बस्नका लागि योग्य नहुने अवस्थामा पुगेको बताएको छ ।

गाजामा २०२३ अक्टोबर ७ यता इजरायलले थालेको बमबारी र नरसंहारमा परि ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । मारिने मध्येमा करिव ५० हजार महिला तथा बालबालिका छन् ।