(Japan) 17 th April | 2026 | Friday | 5:31:50 PM || (Nepal) 2:16:50 PM
 
 


अमेरिकामा एकै परिवारका चारजना नेपाली पार्कमा मृत फेला

  POSTED ON : Saturday, 07 June, 2025 | Views : 1274

अमेरिकामा एकै परिवारका चारजना नेपाली पार्कमा मृत फेला


एजेन्सी ।

अमेरिकाको भर्जिनिया स्थित मानासस पार्कमा चार जना नेपाली मृत भेटिएका छन् । मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत फेला परेको र उनिहरु नेपाली भएको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् ।

मानासस पार्क प्रहरी विभागले जुन ५, २०२५ को साँझ करिब १०स्४० बजे लाने लेनको ९४०० ब्लकमा रहेको एक निवासमा कल्याणकारी जाँचको लागि अनुरोध आएको र घरधनीले आफ्नो भाडामा लिनेहरूको बारेमा सोधपुछ गरेपछि चेकजाँच गरिएको थियो ।

तल्लो तलाको अपार्टमेन्टमा प्रवेश गर्दा, अधिकारीहरूले ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अन्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीया बालिकाको शव फेला पारेका थिए । प्रहरीका अनुसार, सबैको गोली लागेको चोटबाट मृत्यु भएको थियो ।

घटनास्थलमा बन्दुक बरामद गरिएको छ र प्रहरीले घटनालाई सम्भावित हत्या आत्महत्याको रूपमा वर्गीकृत गरेको छ। पीडितहरूको मृत्युको सटीक परिस्थिति निर्धारण गर्न थप जाँचको लागि उनीहरूको शवलाई मानससस्थित मेडिकल परीक्षकको कार्यालयमा लगिएको छ ।

अनुसन्धान जारी छ, अधिकारीहरूले आफन्तलाई सूचित गर्ने काम गरिरहेका छन् । मानसस पार्क प्रहरी विभागले यस दुखद घटनाको बारेमा अनुसन्धान जारी राख्दै जनतालाई धैर्य गर्न आग्रह गरेको छ ।

घटना सम्वन्धि कुनै जानकारी भएमा जो कोहीलाई पनि ७०३ ३३० ०३३० मा मानसस पार्क अपराध समाधानकर्ताहरूलाई सम्पर्क गरि जानकारी उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ ।