(Japan) 17 th April | 2026 | Friday | 5:02:02 PM || (Nepal) 1:47:02 PM
 
 


‘गाजामा नरसंहार र अपराध लुकाउन इजरायलद्वारा २०० पत्रकारको हत्या’

  POSTED ON : Thursday, 05 June, 2025 | Views : 714

‘गाजामा नरसंहार र अपराध लुकाउन इजरायलद्वारा २०० पत्रकारको हत्या’


टोकियो ।

युरोपेली पत्रकार महासंघ (इएफजे)ले इजरायली आक्रमण पत्रकारहरूमाथिको अकल्पनीय नरसंहार भएको बताएको  छ । सन् २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणको क्रममा २०० भन्दा धेरै पत्रकार तथा मिडियाकर्मीको हत्या भएको इएफलेले तथ्यांक उल्लेख गरेको छ।


बुडापेस्टमा दुई दिनको बैठकपछि बुधबार जारी गरिएको विज्ञप्तिमा इएफजेले गाजामा पत्रकारसहित सर्वसाधारणमाथि भएको घातक हमलाको निन्दा गरेको छ। संयुक्त घोषणापत्रमा ४७ युरोपेली देशहरूमा इएफजेका १२० सदस्यहरूले हस्ताक्षर गरेका छन् ।


अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र संयुक्त राष्ट्रसंघीय निकायले इजरायली आक्रमणलाई नरसंहारको रूपमा वर्णन गरिरहेको वेला इजरायली सेनाले युद्ध अपराधका साक्षीहरूलाई चुप गराउन गाजामा मिडिया बन्द गर्न खोजिरहेको विज्ञप्तिमा उल्लेख छ।


पत्रकारका रूपमा मौलिक मानव अधिकार प्रेस स्वतन्त्रताका लागि उनीहरूको अकर्मण्यताको निन्दा गर्दै पीडित प्यालेस्टिनी सहकर्मीहरूसँग एकता व्यक्त गरी अधिकारको माग गर्नु पत्रकारको कर्तव्य भएको इएफजेले बताएको छ।


इएफजेले मिडिया व्यवसायी र पत्रकारहरूलाई युरोपेली प्रतिक्रियामा आफ्ना प्यालेस्टिनी सहकर्मीसँग एकताबद्ध भई प्रतीकात्मक सतर्कता आयोजना गर्न आह्वान गरेको छ । 


बैठकले इयू निर्देशक समितिलाई प्यालेस्टिनी पत्रकारहरूको सुरक्षा गर्न र मध्यपूर्वमा सूचनाको स्वतन्त्रताको ग्यारेन्टी गर्न सबै इयू संस्थाहरूसँग मिलेर हस्तक्षेप गर्न पनि आह्वान गरेको छ । 


इएफजेले पत्रकार लगायत नागरिकहरूको नरसंहार अन्त्य गर्न, अपराधीलाई दण्डमुक्त गर्ने परिपाटीको अन्त्य गर्न र गाजामा तुरुन्तै अन्तर्राष्ट्रिय मिडियाको पहुँच कायम गर्दै युद्धविरामको आह्वान गरेको छ ।