एजेन्सी ।
बुधबार साँझ अमेरिकी राजधानी वासिङ्टनमा रहेको यहूदी संग्रहालय नजिकै इजरायली दूतावासका दुई कर्मचारीको गोली हानि हत्या भएको छ । मारिनेमा एक पुरुष र एक महिला कर्मचारी रहेका छन् ।
गाजामा जारी इजरायली नरसंहारको बिरोधमा बन्दुकधारीले गोली हानेको बताइएको छ । गोली प्रहार गर्ने अभियुक्त पक्राउ परेका छन् ।
इजरायलले गाजा र प्यालेस्टाइन क्षेत्रमा करिव २ बर्षको अवधिमा ६५ हजार भन्दा धेरै सर्वसाधारणको हत्या गरिसकेको छ । बुधवार पछिल्लो २४ घण्टामा मात्रै ८५ भन्दा धेरै व्यक्ति इजरायली बमबारीमा मारिएका छन् ।
प्रहरीले एक पत्रकार सम्मेलनमा एक ३० वर्षीय पुरुष संदिग्धलाई हिरासतमा लिइएको बताएको छ ।
अमेरिका र इजरायली राष्ट्रपतिहरूले गोली हानी हत्या गरिएको घटनाको निन्दा गरेका छन् ।