(Japan) 17 th April | 2026 | Friday | 5:33:41 PM || (Nepal) 2:18:41 PM
 
 


वेष्ट बैंकमा कुटनीतिक टोलिमाथि इजरायली सेनाद्धारा गोली प्रहार, जापानद्धारा कडा बिरोध

  POSTED ON : Thursday, 22 May, 2025 | Views : 922

वेष्ट बैंकमा कुटनीतिक टोलिमाथि इजरायली सेनाद्धारा गोली प्रहार, जापानद्धारा कडा बिरोध


टोकियो, जापान ।

जापानले इजरायली सैनिकहरूले कब्जा गरिएको प्यालेस्टाइनी भूमि वेस्ट बैंकमा कूटनीतिक प्रतिनिधिमण्डलमाथि इजरायली सेनाले गोलीबारी गरेको भन्दै कडा विरोध जनाएको छ।

यो घटना बुधबार वेस्ट बैंक शहर जेनिनमा भएको थियो ।

जापानका विदेशमन्त्री इवाया ताकेशीले बिहीबार संसदमा भनेका छन् कोही पनि घाइते भएका छैनन्, र हाल मन्त्रालयले तथ्यहरू पुष्टि गरिरहेको छ ।

जापानले इजरायली सरकार र इजरायली सेना विरुद्ध कूटनीतिक माध्यमबाट विरोध दर्ता गरेको छ, र पुनरावृत्ति रोक्नको लागि स्पष्टीकरण र थप कदमहरू चाल्ने तयारी गरिरहेको छ उनले भनेका छन् ।

इवायाले इजरायली पक्षले जापानको अनुरोधहरू बारे जानकार रहेको र घटनाप्रति दुःख व्यक्तको प्रतिक्रिया दिएको बताएका छन् ।

इजरायलले जापानी कूटनीतिज्ञहरू सहित कोही पनि घाइते नभएकोमा राहत महसुस गरेको बताएको छ ।

यसअघि समेत बिदेशी पर्यवेक्षकहरुमाथि गोलावारी गरेको इजरायली सेना र सरकारले विगतका यस्ता घटनाहरुमा संलग्न कसैमाथि पनि कुनै कारवाही गरेको छैन । तर उसले यसपटक पनि विगतको झैं कुटनीतिक प्रतिनिधिमण्डलको भ्रमण अघि प्यालेस्टिनी पक्षसँग कुनै जानकारी आदानप्रदान नभएको र समन्वयको अभाव रहेको भन्दै प्यालेस्टाइनी भूमिमा गरिरहेको सैनिक दमन लुकाउने प्रयास गरेको छ ।

इजरायलले अनुसन्धान जारी रहेको र यसबारेको जानकारी गराउने बताएको छ ।

गत महिना मात्र स्वास्थ्य उद्दारकर्ताहरु चढेको एम्बुलेन्समै गोलाबारी गरेको १२ जनाको हत्या गरेको इजरायली सेनाले यसअघि राष्ट्रसंघिय कर्मचारीहरु सवार सवारी साधनमा रकेट प्रहार गरि कयौंको हत्या गरेको थियो भने हालसम्म २ सय भन्दा धेरै पत्रकारहरुको गाजा र प्यालेस्टाइन क्षेत्रमा निर्ममता पूर्वक ज्यान लिइसकेको छ ।