(Japan) 17 th February | 2025 | Monday | 9:32:50 AM || (Nepal) 6:17:50 AM
 
 


ट्रम्पको पहिलो आदेश अदालतले रोकिदियो : जन्मसिद्ध नागरिकताको अधिकार तत्काल खारेज नहुने

  POSTED ON : Friday, 24 January, 2025 | Views : 322

ट्रम्पको पहिलो आदेश अदालतले रोकिदियो : जन्मसिद्ध नागरिकताको अधिकार तत्काल खारेज नहुने


एजेन्सी ।

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले अस्थायी रुपमा रोक लगाइदिएको छ ।


न्यायाधीशले यो आदेश पूर्ण रुपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको अमेरिकि संचारमाध्यम सिएनएनले जनाएको छ ।


अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गर्दै आदेश जारी गरेका थिए । तर यस विषयमा ट्रम्प प्रशासनले अदालति चुनौतीको सामना गर्नुपर्ने देखिएको छ ।


यसैबीच ट्रम्पले आप्रवासन कारबाहीअन्तर्गत सीमामा एक हजार पाँच सय सैनिकलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन भने दश हजार सैनिक तैनाथ गर्ने तयारीसमेत गरेका छन ।