(Japan) 13 th March | 2026 | Friday | 7:29:48 PM || (Nepal) 4:14:48 PM
 
 


ट्रम्पको एउटा स्टाटसकै भरमा अमेरिकामा टिकटक फेरी चल्न थाल्यो

  POSTED ON : Monday, 20 January, 2025 | Views : 1478

ट्रम्पको एउटा स्टाटसकै भरमा अमेरिकामा टिकटक फेरी चल्न थाल्यो


एजेन्सी ।

नवनिर्वाचित अमेरिकि राष्ट्रपति डोनाल्द ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा आएको छ । 


करिब १२ घण्टा आफ्नो सेवा बन्द गरेपछि टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः सुरु गरेको हो । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने भन्दै सामाजिक संजाल मार्फत आश्वासन दिएपछि कम्पनीले यो निर्णय लिएको हो ।


टिकटकले आफ्नो प्रयोगकर्ताहरूलाई पुनः स्वागत गर्दै भनेको छ, ‘तपाईँको धैर्यताका लागि धन्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासका कारण टिकटक अमेरिकामा फर्किएको छ ।’ यसअघि, एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिबार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा आँफै बन्द गरेको थियो ।


अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानुन लागु भएपछि एप्पल र गुगल प्ले स्टोरले पनि एप हटाएका थिए । चिनियाँ कम्पनी बाइटडान्सको अन्य एप लेमन८ र क्यापकट पनि हटाइएको थियो ।


तर, आइतबार बिहान, ट्रम्पले सोमबारको शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानुन लागु गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाएका थिए । 

यसको केही घण्टापछि कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको हो । अमेरिकामा टिकटकमा १७ करोड प्रयोगकर्ता रहेका छन् ।