एजेन्सी ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार लोकप्रिय भिडियो-सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने संघीय कानूनलाई समर्थन गरेको छ । टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले प्लेटफर्म अमेरिकि कम्पनीलाई नबेचेमा यो कानून आइतबारदेखि लागू हुनेछ।
टिकटकले अमेरिकि कानूनले अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन गरेको बताउँदै आएको छ । यद्यपि, अदालतले आफ्नो निर्णय राष्ट्रिय सुरक्षा चिन्ताहरूका कारण भन्ने तर्क गरेको छ ।
न्यायाधीशहरूले "टिकटकको स्केल र विदेशी विरोधी नियन्त्रणको संवेदनशीलता, प्लेटफर्मले सङ्कलन गर्ने संवेदनशील डेटाको विशाल भागसँगै, सरकारको राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्न यसमाथिको प्रतिबन्धलाई औचित्य दिन्छ।" भनेको छ ।
अमेरिकामा टिकटक एपका लगभग १७ करोड प्रयोगकर्ताहरू रहेको बताइएको छ। प्रतिबन्धप्रति अमेरिकिहरु नै असन्तुस्ट छन ।
बाइडेन प्रशासनको यस कदम पछि केही स्वघोषित "टिकटक शरणार्थीहरू" अर्को चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म, रेडनोट तर्फ आकर्सित भएका छन्। मिडिया आउटलेटहरूले रिपोर्ट गरे अनुसार एकै दिनमा लगभग ३० लाख अमेरिकी प्रयोगकर्ताहरू यो एपमा थपिएका छन ।
रिपोर्टहरूका अनुसार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी प्रशासनमा प्रभाव पार्ने टेक अर्बपति एलोन मस्क टिकटक किन्न चाहन्छन् ।
ट्रम्पले गत महिना अदालतमा प्रतिबन्धमा ढिलाइको लागि अनुरोध गर्दै राय पेश गरेका थिए । उनले वार्ता मार्फत मुद्दा समाधान गर्ने प्रस्ताव गरेका छन् र फैसला पछि उनले यस विषयमा निर्णय लिने बताएका छन्।
टिकटकका सीईओ शौ जी च्यूले ट्रम्पलाई "संयुक्त राज्य अमेरिकामा टिकटक उपलब्ध गराउने समाधान खोज्न हामीसँग काम गर्ने प्रतिबद्धताको लागि" धन्यवाद भनेका छन ।
राष्ट्रपति जो बाइडेन कार्यकालको अन्तिम दिन आइतबार हो । यसैबिच यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ टेलिफोनबार्ता भएको छ। दुई नेताबीच आर्थिक लगायत विश्वका प्रमुख मुद्दाहरूमा छलफल भएपनि टिकटक पनि यसको प्रमुख मुद्दा भएको बताइएको छ
।
जो बाइडेन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाए पनि सोमबारबाट अमेरिकी राष्ट्रपति कार्यालय सम्हाल्न आउने ट्रम्पले टिकटक माथिको प्रतिबन्धलाई फुकुवा गर्ने विश्वास गरिएको छ।