(Japan) 17 th February | 2025 | Monday | 11:04:30 AM || (Nepal) 7:49:30 AM
 
 


बिद्रोह गरेको आरोपमा निलम्बित दक्षिण कोरियाली राष्ट्रपति पक्राउ

  POSTED ON : Wednesday, 15 January, 2025 | Views : 474

बिद्रोह गरेको आरोपमा निलम्बित दक्षिण कोरियाली राष्ट्रपति पक्राउ


एजेन्सी ।

दक्षिण कोरियामा महाभियोगबाट निलम्बित भएका राष्ट्रपति यून सुक येओललाई अनुसन्धनकर्ताहरुले पक्राउ गरेका छन् । बुधवार बिहान यूनको निवासमा पुगेका अनुसन्धानकर्ताहरुले राज्य बिरुद्ध बिद्रोह गरेको आरोपमा उनलाई हिरासतमा लिएका हुन् ।

अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनलाई पक्राउ गर्न दोस्रो पटक अनुसन्धानकर्ताहरुको टोलि ठूलो संख्यामा सुरक्षकर्मीहरु सहित पुगेको थियो ।

गएको डिसेम्बरमा असफल सैनिक शासन ‘मार्शल ल’ घोषणापछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएको छ । संसदबाट दोस्रो पटकमा उनकै दलका सांसदहरु समेतको मतदानबाट महाअभियोग पारित भएपछि निलम्बित भएका थिए ।

अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।

यस पटक पनि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका थिए । झण्डै हजार जना प्रहरी अधिकारीहरू यूनको पक्राउका लागि सुरक्षार्थ खटिएका थिए ।

केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको थियो। पक्राउमा अवरोध हटाउन पहिला येओलका सुरक्षा महाशाखाका प्रमुखलाई पक्राउ गर्न प्रहरीले प्रयास गरेको थियो ।

यसैबीच राष्ट्रपति येओलको महाअभियोग प्रस्तावमा संसदमा हिजोदेखि छलफल शुरू भएको छ । यस छलफलले उनलाई पदबाट हटाउने वा नहटाउने निस्कर्ष दिने छ । 

तर उनको अनुपस्थितिका कारण चार मिनेटमा हिजाको छलफल सकिएको थियो । उनको तर्फबाट वकिलले मात्र बोलेका थिए । अब यून पक्राउ भएपछि उनले पनि आफू बिरुद्धको अभियोगमा बोल्ने ठानिएको छ ।

...

अनुसन्धानकर्ताहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक येओललाई बुधबार उनको निवासमा हिरासतमा लिएका छन् । उनलाई उच्च पदस्थ अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआईओ )ले बिहान १०:३३ बजे पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । प्रत्यक्ष टिभी फुटेजमा युनलाई बोकेको सवारी साधन मध्य सियोलमा रहेको राष्ट्रपति निवास परिसरबाट सियोलको दक्षिणमा रहेको ग्वाचियोनमा रहेको सिआईओ कार्यालय तर्फ गइरहेको छ । यूनले डिसेम्बरमा छोटो समय आसफल 'मार्शल ल' लागू गरेकोका थिए ।