(Japan) 17 th February | 2025 | Monday | 10:10:18 AM || (Nepal) 6:55:18 AM
 
 


'इजरायली नरसंहारमा गाजामा ६५ हजार नागरिकको हत्या' : प्रतिवेदन

  POSTED ON : Sunday, 12 January, 2025 | Views : 324

'इजरायली नरसंहारमा गाजामा ६५ हजार नागरिकको हत्या' : प्रतिवेदन


एजेन्सी ।

गाजामा भएको इजरायली नरसंहारमा परेर गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ६५ हजार नाघेको एक अनुसन्धानले देखाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको आधिकारिक तथ्याङ्कभन्दा २० हजार बढि नागरिकको इजरायली बमबारी, रेकट आक्रमण र गोली प्रहारबाट मारिदएको द ल्यान्सेट मेडिकल जर्नलको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बेलायत नेतृत्वको अध्ययनले यो तथ्य सार्वजनिक गरेको हो । 

अध्ययन प्रतिवेदनले अक्टोबर ७, २०२३ पछिको ९ महिनालाई मात्र समेटेको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क, मृतकहरूको रिपोर्ट गर्ने आफन्तहरूको अनलाइन सर्वेक्षण र मृत्युको सूचना उपयोग गर्दै, यो अध्ययनले ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीहरूको मृत्यु भएको उल्लेख गरेको छ । जबकी त्यस यतानै १० हजार भन्दा बढि गाजावासीको इजरायली सेना आईडिएफले हत्या गरिसकेको छ ।

मन्त्रालयले रिपोर्ट गरेको तथ्याङ्कभन्दा यो ४१ प्रतिशत भन्दा बढि हो । संयुक्त राष्ट्रसंघले भने स्वास्थ्य मन्त्रालयका तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

स्वास्थ्य मन्त्रालयले युद्धको तथ्याङ्कमा लडाकु र सर्वसाधारणबीच छुट्याउँदैन । तर, संयुक्त राष्ट्रसंघको हालैको रिपोर्टले छ महिनाको अवधिमा प्रमाणित अधिकांश पीडितहरू महिला र बालबालिका रहेको बताएको छ ।

इजरायलले हमासको तथ्याङ्कलाई नै अविश्वसनीय भएको भन्दै त्यो भन्दा कम मारिएको जिकिर गरेको छ । अगस्ट महिनामा इजरायली डिफेन्स फोर्सेस ले केवल १७ हजार भन्दा बढी आतंकवादीहरूलाई समाप्त गरेको दाबी गरेको थियो । तर आफैंले करिव १० हजार जति हमास लडाकु रहेका बताउँदै आएको इजरायलले ६५ हजार व्यक्ति मारिइसक्दा सबै आतंकवादी भन्ने गरेको छ तर अझै गाजामा नरसंहार रोकेको छैन ।

इजरायलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजामा प्रवेश नदिई नरसंहार जारी राख्दा त्यहाँका तथ्यहरू प्रमाणित गर्न समस्या भइरहेको छ ।