(Japan) 16 th April | 2026 | Thursday | 11:38:47 AM || (Nepal) 8:23:47 AM
 
 


यौनकर्मीलाई चुप लाग्न पैसा दिएको मुद्दामा ट्रम्प दोषी ठहर, यस्तो छ फैसला

  POSTED ON : Saturday, 11 January, 2025 | Views : 1832

यौनकर्मीलाई चुप लाग्न पैसा दिएको मुद्दामा ट्रम्प दोषी ठहर, यस्तो छ फैसला


एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको अदालतले यौनकर्मी महिलालाई उनिसँगको सम्वन्धबारे चुप लाग्न पैसा दिएको ‘हस मनी’ मुद्दामा दोसी ठहर गरेको छ । तर दोसी ठहर गरेपनि अदालतले ट्रम्पलाई न जेल सजाय तोकेको छ न त जरिवाना नै । यसबारे फैसला गर्दा उनीमाथि कुनै सर्त समेत राखिएको छैन ।

शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिएको हो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश जुआन मर्चनले यसअघि ट्रम्पले मुद्दा सुनुवाई रोक्न गरेको आग्रह अस्विकार गरेका थिए, धेरैले ट्रम्पलाई जेल पठाउने हुन कि भन्ने ठानेका थिए ।

ट्रम्पलाई गत वर्ष मे ९२०२४० मा हस मनीसँग सम्बन्धित ३४ मुद्दामा दोषी ठहर गरिएको थियो। उनले अश्लिल फिल्म स्टार स्टर्मी ड्यानियललाई मौन बस्नको लागि पैसा दिएका थिए ।

ट्रम्पसँगको यौन सम्बन्ध सार्वजनिक नगर्नका लागि ड्यानियललाई १३०,००० डलर दिइएको बताइएको छ। यो पैसा सन् २०१६ मा ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा स्टर्मी ड्यानियललाई दिइएको थियो ।


ट्रम्पका वकिलले सीधै ड्यानियललाई पैसा दिएका थिए। यो लुकाउन ट्रम्पले आफ्नो व्यावसायिक अभिलेखमा अनियमितता गरेका थिए ।

न्यूयोर्कमा हस मनी अवैध छैन। तर स्टर्मी ड्यानियलका लागि भनेर आफ्नो वकिललाई दिएको पैसा उनको रेकर्डमा व्यापार खर्चको रूपमा घोषित गरिएको ट्रम्पलाई आरोप लगाइएको थियो ।

ट्रम्पले आफूसँग यौनसम्बन्ध राखेको ड्यानियलले दाबी गरेकी थिइन् । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए । ट्रम्पले यी आरोपहरू आफूविरुद्धको षड्यन्त्र भएको बताएका थिए ।

ट्रम्पले जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको शपथ लिनेछन्। यो अमेरिकामा पहिलो पटक हो जब कुनै अपराधमा दोषी ठहर भएका व्यक्ति देशको राष्ट्रपति हुनेछन्।