(Japan) 16 th April | 2026 | Thursday | 4:47:56 AM || (Nepal) 1:32:56 AM
 
 


किमको उपस्थितिमा उत्तर कोरियाद्धारा नयाँ हाइपरसोनिक मिसाइलको सफल परीक्षण

  POSTED ON : Wednesday, 08 January, 2025 | Views : 1160

किमको उपस्थितिमा उत्तर कोरियाद्धारा नयाँ हाइपरसोनिक मिसाइलको सफल परीक्षण




प्योङयाङ ।

अमेरिका शहित विश्वका शक्तिशाली देशहरुले सक्नेसम्म लगाएका सबै नाकाबन्दीलाई चिर्दै नयाँ हतियार बिकास गर्दै आएको उत्तर कोरियाले मंगलबार मध्यम दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जनाएको छ ।

उत्तर कोरियाले मध्यम दूरीको हाइपरसोनिक मिसाइलको परीक्षण गरेको त्यहाँका नेता किम जोङ उनले मंगलबार बताएका हुन् । यो मिसाइलले प्रशान्त क्षेत्रमा शत्रु देशलाई रोक्न मद्दत गर्ने उनले बताएका छन् । 

यस मिसाइल प्रणालीले आफ्नो देशको सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि शत्रु देशलाई बलियोसँग रोक्न सक्ने समाचार एजेन्सी केसीएनएलाई किमले भने । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणमा रहेका बेला यो परीक्षण भएको हो । यो मिसाइल १ हजार ५०० किमी सम्म पुग्न सक्ने बताइएको छ । मिसाइललाई किमले आक्रामक नभएर आत्मरक्षाको कदम भनेका छन् । ब्लिन्केन र दक्षिण कोरियाली मन्त्री चो ताए–युलले यस परीक्षणको निन्दा गरेका छन् ।