(Japan) 13 th March | 2026 | Friday | 8:56:26 PM || (Nepal) 5:41:26 PM
 
 


इजरायली सेनाद्वारा २४ घण्टामा गाजामा ७० जनाको हत्या

  POSTED ON : Saturday, 04 January, 2025 | Views : 738

इजरायली सेनाद्वारा २४ घण्टामा गाजामा ७० जनाको हत्या


एजेन्सी । 

अमेरिकि समर्थन र हतियार त्यसमा युरोपियन देशहरुको साथ पाएको इजरायलले गाजामा जारी राखेको नरसंहार गाजावासिको लागि पछिल्लो २४ घण्टा बिर्सनै नसकिने पिडादायी क्षण बनेको छ ।  


गाजा पट्टीको मानव वस्तीमा इजरायली सेनाले अन्धाधुन्ध रकेट र बमबारी गर्दा पछिल्लो २४ घण्टामा ७० प्यालेस्टाइनी मारिएका छन् ।


त्यस क्षेत्रमा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स सेवाका अनुसार दक्षिणी अल-मावासी मानवीय क्षेत्रमा विस्थापितहरुका आश्रय शिविरमा इजरायलले रातभर हमला गरेको थियो भने उज्यालो भएपछि पनि हमला जारी राखेको थियो ।


राति ४० जना मारिएकोमा विहान भएपछिको हमलामा थप ३० जना मारिएका हुन् । हमलामा गाजाको प्रहरी बलका प्रमुख महमूद सलाह र उपप्रमुख हुसम शाहवान पनि मारिएका छन् ।


इजरायली सेनाले हमासको सैन्य शाखालाई इजरायली सेनामाथि आक्रमण गर्ने योजना बनाउन मद्दत गर्ने आतंकवादी भएको आरोप लगाउदै शाहवान लक्षित हमला गरेको पुष्टि गरेको छ । तर मारिएकामा अधिकांश निहत्था सर्वसाधारण त्यसमा पनि महिला र बालबालिकाहरु रहेको अलजजिरा समाचार सस्थाले उल्लेख गरेको छ ।