एजेन्सी ।
संयुक्त अरब इमिरेट्स (युएई) को मध्यस्ततामा भएको एक सम्झौता अनुरुप रुस र युक्रेनले अँग्रेजी नयाँ बर्षको संघारमा सयौँ युद्धवन्दीहरु साटासाट गरेका छन् ।
तर रुसी सेनामा भर्तिभएर लडाईका क्रममा युक्रेनी सेनाले युद्धबन्दीका रुपमा पक्राउ गरेका कम्तिमा दुई जना नेपाली रहेको यसअघि समाचारहरु आएपनि उनिहरु भने छुटेका छैनन् ।
रुसी रक्षा मन्त्रालयका अनुसार रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको छ । उता, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले १८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘‘‘रिहा गरेकाहरुमा अजोवस्टल र मारियुपोलका रक्षक’’, चेरनोबिल परमाणु ऊर्जा सयन्त्र र स्नेक आइल्याण्ड संलग्न छन् ।’ यस दौरान उत्तरी युक्रेनको एक अस्पतालबाहिर उनीहरुका आफन्त कठ्याङ्ग्रींदो चिसोमा प्रतिक्षा गरिरहेका तस्विरहरु बाहिरिएका छन् ।
सन् २०२२ मामारियुपोल सहरमा रुसी सेना बिरुद्ध लड्दै गर्दा पक्राउ परेका लेलेक्जेण्डरकी पत्नी अलीनाले आँशु खसाल्दै भनिन्, ‘यो प्रतिक्षा निकै कठिन छ । म केबल उसलाई देख्न चाहन्छु ।’
रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।
रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले पोष्ट गरेको एक भिडियोमा सैनिकहरुलाई सैन्य तथा आपतकालीन कपडामा जम्मा भएको देखिएको बीबीसीले समाचार लेखेको छ ।
मानवअधिकार आयुक्त मोस्काल्कोवाले सन्देश दिँदै, ‘चाँडै नै हाम्रा आफ्नाहरु आफ्नो परिवार तथा साथीभाइसँग अङकमाल गर्ने छन् । र आफ्नो जन्मभूमिमा नयाँ वर्षको खुसीयाली साट्ने छन्’ भनी उल्लेख गरेका छन् ।