(Japan) 27 th July | 2026 | Monday | 8:11:04 AM || (Nepal) 4:56:04 AM
 
 

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्राउपुर्जी माग

  POSTED ON : Monday, 30 December, 2024 | Views : 1346

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्राउपुर्जी माग


एजेन्सी ।

दक्षिण कोरियाको संयुक्त अनुसन्धान टोलीले महाअभियोगबाट निलम्बित राष्ट्रपति युन सुक योललाई अल्पकालीन मार्शल लको घोषणा गरेको आरोपमा पक्राउ गर्न वारेन्टको लागि दायर गरेको छ ।

प्रहरी समेत रहेका अनुसन्धानकर्ताहरूले युनविरुद्ध विद्रोह र अन्य आरोपमा वारेन्टको लागि सोमबार अदालतमा दायर गरेको बताएका छन् ।

युनले टोलीको तीनवटा विषयमा सोधपुछका लागि हाजिर हुन बेवास्ता गरेपछि पक्राउ पुर्जी जारी गर्न माग गरिएको हो ।