सोल, कोरिया ।
दक्षिण कोरियाको मुआन विमानस्थलमा आइतबार एक दक्षिण कोरियाली विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको दक्षिण कोरियाली फायर सर्भिस मुख्यालयले जनाएको छ ।
थाइल्याण्डको बैंककबाट आएको यात्रुबाहक बिमान आइतबार बिहान करिब ९ बजे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग ओभरसट गर्दा दुर्घटना भएको थियो । दुर्घटनाका क्रममा बिमानमा आगो लागेको र बिमान क्षतविक्षत भएको छ ।
जेजु एयर ७सी २२१६ नम्बरको उडानमा चालक दलका ६ जना सहित कुल १८१ यात्रु सवार थिए ।
अधिकारीहरूले दुई जनाको उद्धार गरिएको बताएका छन्, तर अवस्था खुलाएका छैनन् ।
बिहान ११ः४५ बजेसम्म, मृतकको सङ्ख्या ४७ पुगेको छ, जसमा २ जनाको उद्धार गरिएको छ । अग्नि नियन्त्रकहरूले जहाजमा रहेका बाँकी १३२ जनाको खोजी गरिरहेका छन् ।
आगलागी भएको बिमान र भग्नावसेस हेर्दा बिमानमा कोहि पनि जिवितै भेटिने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् ।