(Japan) 27 th July | 2026 | Monday | 8:11:32 AM || (Nepal) 4:56:32 AM
 
 

दक्षिण कोरियामा १७५ यात्रु चढेको बिमान दुर्घटना, कम्तिमा २८ जनाको निधन

  POSTED ON : Sunday, 29 December, 2024 | Views : 1224

दक्षिण कोरियामा १७५ यात्रु चढेको बिमान दुर्घटना, कम्तिमा २८ जनाको निधन


सोल, कोरिया ।

दक्षिण कोरियाको मुआन विमानस्थलमा भएको विमान दुर्घटनामा २८ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको बैंककबाट आएको यात्रुबाहक बिमान आइतबार बिहान करिब ९ बजे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग ओभरसट गर्दा दुर्घटना भएको र २८ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

जेजु एयर ७सी २२१६ नम्बरको उडानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । स्थानिय समय अनुसार बिहान १० बजेर १० बजेसम्म मृत्यु हुनेका संख्या २८ पुष्टि भएको छ ।

अधिकारीहरूले दुई जनाको उद्धार गरिएको बताए पनि अन्य यात्रुको अवस्था भने पुष्टि भइसकेको छैन।

प्रहरी र दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा छन्, चिकित्सा सहायता प्रदान गर्दै र क्षतिको विवरण आउनेक्रममा रहेको छ ।