एजेन्सी ।
४५,००० हजार भन्दा धेरै प्यालेस्टाईनीहरुको हत्या गरिसकेको इजरायल सरकारले आफनो सेनालाई २० जनासम्म सर्वसाधारण मारिने अवस्थामा शंका लागेका ठाउँमा आक्रमण गर्न अनुमति दिएको खुलासा भएको छ ।
अमेरिकी समाचार संस्था न्यु योर्क टाइम्सले गत वर्ष हमाससँग लडाइँ सुरु गर्दा इजरायलले आफ्ना सेनाका लागि गाजामा आक्रमण गर्न सहज बनाउँदै सैन्य अधिकारीहरूलाई २० जनासम्म सर्वसाधारणको ज्यान जोखिममा राख्ने अधिकार दिएको हो ।
अमेरिकी अखबारले बिहीबार इजरायली सैन्य स्रोतलाई उद्धृत गर्यो अक्टोबर २०२३ मा बाट हमास बिरुद्ध इजरायली सेनाले थालेको आक्रमणपछि यस्तो अत्यासलाग्दो युद्ध उन्मादी अनुमति दिएको खुलेको हो ।
प्रतिवेदनले एउटा उदाहरण दिंदै आदेशपछि सेनाला हमास लडाकुहरूलाई लक्षित गर्न सहज बनाएको र कयौं अवस्थामा परिवार, आफन्त तथा सार्वजनिक स्थानमा हमास लडाकुहरु रहेको आशंकाकै आधारमा इजरायली सेनाले रकेट, बम तथा अन्धाधुन्ध गोली प्रहार गरेर दर्जनौंको ज्यान लिएको उल्लेख गरेको छ ।
अखबारले एक वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गर्दै सैन्य नेतृत्वले इजरायलको अस्तित्व खतरामा परेको भन्दै यस्तो सैन्य उन्मादी अनुमति सेनालाई दिएको हो ।
गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ४५,००० नाघेको घोषणा गरेका छन्, जसमा मारिनेमा झण्डै २० हजार बालबालिकाहरु छन् । इजरायली नरसंहारमा मारिने मध्ये करिव १४ हजार महिला रहँदा एक सय २० भन्दा बढि पत्रकारहरु, सयौं स्वास्थ्यकर्मीहरुको इजरायली सेनाले जानाजान निसाना बनाएर हत्या गरेको छ ।