(Japan) 17 th April | 2026 | Friday | 2:26:48 AM || (Nepal) 11:11:48 PM
 
 


पदबाट हट्नुअघि बाइडेनले भेटे जापानी र दक्षिण कोरियाली नेता

  POSTED ON : Saturday, 16 November, 2024 | Views : 820

पदबाट हट्नुअघि बाइडेनले भेटे जापानी र दक्षिण कोरियाली नेता


टोकियो, जापान ।

ईण्डो प्यासेफिक, कोरियाली प्रायदिक सहित रुसबाट बढ्दो खतरा रहेको बताउने अमेरिकी, जापानी र दक्षिण कोरीयाली नेताले एकसाथ भेटवार्ता गरेका छन् । यो भेट अमेरिकी राष्ट्रपति जो बाइडेन पदबाट हट्नुअघि अन्तिम पटक भएको हो ।

ट्रम्प प्रशासन आउनुअघि दुई निकटतम एसियाली सहयोगीहरू बीचको बैठकलाई महत्वपूर्ण मानिएको छ।

शुक्रबार पेरुको राजधानी लिमामा भएको एशिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन (एपेक) सम्मेलनमा उनीहरूबीच भेटवार्ता भएको हो। 

इसिबा एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन फोरमको पछिल्लो भेलाका लागि पेरुमा छन्। 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल र जापानी प्रधानमन्त्री शिगेरु इसिबासँगको भेटपछि बाइडेनले भने, ‘हामी अब महत्त्वपूर्ण राजनीतिक परिवर्तनको क्षणमा पुगेका छौं। यो महत्वपूर्ण समूहसँग मेरो अन्तिम त्रिपक्षीय बैठक हुनसक्छ, तर यो साझेदारी निर्माणको एउटा अंग हुन सहयोग गरेकोमा म गर्व गर्छु ।’ उनले जापान–दक्षिण कोरिया गठबन्धनको बारे बोल्दै भने, ‘यो लामो समयसम्म रहन्छ भन्ने मेरो अपेक्षा छ।’ उत्तर कोरियाले युक्रेनी सेनाले कब्जा गरेको कुर्स्क सीमा क्षेत्रको भूमि फिर्ता लिन मस्कोलाई मद्दत गर्न हजारौं सेना तैनाथ गरेको बेला वार्ता भएको हो। 

इशिबाले प्योङयाङविरुद्ध तीन राष्ट्रले मिलेर लड्नुपर्नेमा जोड दिएका छन्। दक्षिण कोरिया र जापानसँग मिलेर काम गर्न पाउनुलाई बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालको कूटनीतिक उपलब्धि मध्ये एक मानेका छन्। युनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। इशिबा र बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गरेका छन् । एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो ।