एजेन्सी ।
दक्षिणी लेबनानमा आक्रमण गर्न पुगेका इजरायली सैनिक मध्ये ६ जना बुधवार हिजबुल्लाह लडाकुसँगको भिडन्तमा मारिएका छन । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आफ्ना ६ सैनिक मारिएको पुष्टि गरेको छ।
इजरायली सञ्चारमाध्यमका अनुसार बुधबार सैनिकहरू हिजबुल्लाह लडाकु खोजी गर्दै दक्षिणी लेबनानको एउटा गाउँमा प्रवेश गरेका थिए।
सोही समयमा हिजबुल्लाह लडाकुहरूसँगको भिडन्तमा उनिहरु मारिएका हुन । योसँगै अक्टोबर २०२३ देखि जारी गाजा युद्धमा इजरायलका ७९२ सैनिक मारिएका छन।
इजरायली सेनाले प्यालेस्टाइनको गाजामा मात्रै १ बर्ष यता ४४ हजार प्यालेस्टाइनीको हत्या गरिसकेको छ । यस्तै लेबनानमा झन्डै ३३०० जनाको रकेट, बमबारी र गोली हानी हत्या गरेका छन ।
इजरायली सेनाबाट मारिएकामा आधा भन्दा धेरै बालबालिका र महिला छन भने मारिने अधिकांश सर्वसाधारण नागरिक रहेका छन ।