(Japan) 17 th April | 2026 | Friday | 2:25:50 AM || (Nepal) 11:10:50 PM
 
 


टर्कीएद्वारा इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा

  POSTED ON : Thursday, 14 November, 2024 | Views : 880

टर्कीएद्वारा इजरायलसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा


एजेन्सी ।

प्यालेस्टाइन र लेबनानमा जारी नरसंहार नरोकेपछि टर्कीएले इजरायलसंगको सबै सबन्ध तोडेको घोषणा गरेको छ । 

यो संगै टर्कीए र इजरायलबीचको विवाद उत्कर्षमा पुगेको छ। 


टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोआनले इजरायलसँगको सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।


उनले साउदी अरब र अजरबैजानको भ्रमण पछि बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै इजरायलसँगको सबै प्रकारको सम्बन्ध अन्त्य गरेको बताए।


उनले गाजामा गरिएको नरसंहारका लागि इजरायली प्रधानमन्त्रीलाई जिम्मेवार ठहर्याए। साथै उनले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलविरुद्ध जारी मुद्दामा हस्तक्षेप गर्दै हतियार प्रतिबन्धको वकालत टर्कीले गरिरहेको पनि जानकारी दिए।


यसअघि टर्कीएले गत मे महिनामा इजरायलमाथि व्यापारिक प्रतिबन्ध लगाएको थियो।


गाजा र लेबनानमा इजरायलको निरन्तर बमबारी र आम नरसंहार जारी रहेपछि दुबै देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको हो ।

इजरायली सेनाले गाजामा मात्रै १ बर्ष यता ४४ हजार प्यालेस्टाइनीको हत्या गरिसकेको छ । यस्तै लेबनानमा झन्डै ३३०० जना मारिएका छन । 

मारिनेमा आधा भन्दा धेरै बालबालिका र महिला छन भने मारिने अधिकांश सर्वसाधारण नागरिक रहेका छन ।