(Japan) 18 th April | 2026 | Saturday | 6:02:39 PM || (Nepal) 2:47:39 PM
 
 


गाजामा विद्यालयमा रकेट प्रहार गरि इजरायलद्धारा १८ जनाको हत्या, हेलिकोप्टर दुर्घटनामा दुई जना मारिए

  POSTED ON : Friday, 13 September, 2024 | Views : 1146

गाजामा विद्यालयमा रकेट प्रहार गरि इजरायलद्धारा १८ जनाको हत्या, हेलिकोप्टर दुर्घटनामा दुई जना मारिए


एजेन्सी ।

इजरायली सेनाले गाजा नरसंहारका क्रममा मध्य गाजामा विस्थापित प्यालेस्टिनी सर्वसाधारणहरुले आश्रय लिएको एक विद्यालयमा रकेट प्रहार गरि कम्तमा १८ जनाको हत्या गरेको छ । रकेट हमलामा राष्ट्रसङ्घका कर्मचारीसहित १८ जना मारिएका छन् ।

गाजा युद्धको क्रममा नुसिरातको अल–जावनी विद्यालय परिसरमा यसअघि समेत इजरायली सेनाले रकेट आक्रमण गरेर दर्जनौं व्यालेस्टाइनी सर्वसाधारणको हत्या गरिसकेको छ ।

पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत निसाना बनाएर गरिएको रकट आक्रमणमा सो क्षेत्र नजिक आश्रय लिएका मानिसहरू समेत मारिएका छन् ।

इजरायली सेनाले युएनआरडब्लुएद्वारा सञ्चालित अल–जौनी स्कुलमा पाँचौँ पटक बम प्रहार गरेको छ । आक्रमणमा दुई युएनआरडब्लुए कर्मचारी, बालबालिका र महिलासहित १८ जनाको ज्यान लिएको छ । यसैगरी आक्रमणमा १८ भन्दा बढी घाइते भएको गाजाका नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले प्यालेस्टिनी शरणार्थीका लागि राष्टसङ्घीय एजेन्सीलाई उद्धृत गर्दै टेलिग्राममा लेखेका छन् ।

युएनआरडब्लुएले नुसिरात विद्यालय क्षेत्रमा भएका इजरायली आक्रमणमा आफ्ना छ जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

मृतकमध्ये आश्रयका प्रबन्धक र विस्थापित मानिसलाई सहायता प्रदान गर्ने टोलीका अन्य सदस्यहरू रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

गाजामा धेरै विद्यालयहरू विस्थापितलाई आश्रय दिन पुनः निर्माण गरिएको छ भने विद्यालयमा बारम्बारको युद्धले विथोलिएका गाजाको जनसङ्ख्याको ठुलो हिस्साले आश्रय लिई रहेको छ ।

इजरायली सेनाले पछिल्लो समयमा यस्ता धेरै विद्यालयमा आक्रमण गर्दै आश्रय लिएका प्यालेस्टिनीहरुको समेत हत्या गर्दै आएको छ ।

इजरायली सेनाले सर्वसाधारणको हत्याका यस्ता नरसंहारलाई हमास लडाकुहरु रहेको तथा आश्रय स्थलहरु रहेको तर्क गर्दै आएको छ ।

यसैबिच दक्षिणी गाजा पट्टीको रफाह क्षेत्रमा बमबारीमा प्रयोग हुँदै आएको इजरायली सैनिक सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिक मारिएका छन् ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको बताइन्छ । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई उपचारका लागि अस्पताल लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।