एजेन्सी ।
जापानको रक्षा मन्त्रालयले बिहीवार बिहान उत्तर कोरियाले प्रहार गरेको सम्भाबित ब्यालिस्टिक मिसाइल जापानको बिशेष आर्थिक जल क्षेत्र बाहिर खसेको बताएका छन् ।
जापानी अधिकारिहरुले विस्तृत विवरण अनुसन्धान भैरहेको बताएका छन् । रक्षा मन्त्रालयका अधिकारीहरूले उत्तर कोरियालीले बिहीबार बिहान मिसाइल प्रक्षेपण गरेको बताएका छन् । उनीहरुले क्षेप्यास्त्र कहाँ खसेको भनेर जाँच गरिरहेका छन् ।
प्रारम्भिक रुपमा मिसाइल जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको ठानिएको छ । उत्तर कोरियाका अधिकारीहरूले यस वर्ष यस्ता १० वटा मिसाइल प्रक्षेपण गरेका छन्। जुलाईको सुरुदेखि मिसाइल प्रहार गरिएको यो पहिलो पटक हो ।