एजेन्सी ।
बेलारुसी राज्य सञ्चालित टेलिभिजनले सैन्य जानकारी र अन्य गतिविधिहरू जम्मा गरेर जापानलाई उपलब्ध गराउँदै आएको आरोपमा एक जापानी नारिकलाई पक्राउ गरेको छ । जुलाईमा हिरासतमा परेका जापानी नागरिकको बारेमा बेलारुसी टेलिभिजनले विशेष कार्यक्रम प्रसारण गरेको छ ।
टिभी स्टेशनले बिहीबार बेलारुसमा जापानको पहिलो कथित जासुसी मुद्दाको वर्णन गर्दै टोकियोबाट सामुराईको असफलता शीर्षकको १५ मिनेटको कार्यक्रम प्रसारण गरेको छ ।
प्रसारणकर्ताले अघिल्लो दिन जापानी व्यक्तिलाई हिरासतमा लिएको बारेमा रिपोर्ट गरेको थियो । जापान सरकार र अन्य स्रोतहरूले उक्त व्यक्तिलाई नाकानिशी मासातोशी नाम दिएका थिए, जसले जापानी भाषा शिक्षकको रूपमा काम गरेका थिए ।
बेलारुसी सुरक्षा अधिकारीहरूले जापानी गुप्तचर एजेन्सीका लागि बेलारूसी सैन्य सुविधाहरूको जानकारी सङ्कलन गरेको आरोपमा ति व्यक्तिलाई अनुसन्धान गरिरहेका छन् ।
कार्यक्रमको फुटेजमा नाकानिशीले फोटो खिचिरहेको देखाइएको थियो । अर्को तस्बिरमा ति जापानीलाई हतकडी लगाएर हिँडाइरहेको देखाइएको छ ।
प्रसारणमा नाकानिशीले रुसी भाषामा युक्रेनको सिमाना नजिक गएर रेल र पुलको धेरै तस्बिर खिचेको पनि देखाइएको छ ।
तर उनले आरोप स्विकारेका हुन् होइनन, कार्यक्रमको विषयवस्तु कत्तिको सत्य थियो भन्ने यकिन नरहेको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।
जापान सरकारका मुख्य सचिव हायाशि योशिमासाले जापानी नागरिक पक्राउ बारेको जानकारी पछि परराष्ट्र मन्त्रालयले यस विषयमा बुझ्ने काम गरिरहेको एक पत्रकार सम्मेलनमा बताएका छन् । उनले जापानी नागरिकको यस घटनामा सरकारको तर्फबाट गर्न सकिने अधिकतम सबै सहयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
युक्रेनसँगको युद्धमा रुसको समर्थन गर्दै आएको बेलारुस बिरुद्ध पश्चिमा देशहरु र अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएका छन् । जापानले भने रुस बिरुद्धको युद्धमा युक्रेनलाई हतियार बाहेकका अन्य सबै सहयोग उपलब्ध गराउँदै आएको छ ।