(Japan) 15 th April | 2026 | Wednesday | 7:04:21 AM || (Nepal) 3:49:21 AM
 
 


सायोनारा सुइका पेन्गुइन : लोकप्रिय जेआर इस्ट मस्कटको २५ वर्षपछि बिदाई

  POSTED ON : Saturday, 20 December, 2025 | Views : 996

सायोनारा सुइका पेन्गुइन : लोकप्रिय जेआर इस्ट मस्कटको २५ वर्षपछि बिदाई


टोकियो, जापान ।

सन् २००१ मा सुरुवात भएदेखि जेआर इस्टको आईसी कार्डको मस्कट रहेको सुइका पेन्गुइन २०२६ मा ूरिटायरू हुने र नयाँ क्यारेक्टरले प्रतिस्थापन गर्ने भएको छ ।

२० लाखभन्दा बढी स्टोरहरूमा स्वीकृत हुने सुइका कार्ड जापानमा सबैभन्दा बढि किनबेच स्थानमा प्रयोग हुने रेल कम्पनीको कार्ड समेत हो ।

नोभेम्बर २०२५ मा, जेआर इस्टले २०२६ को शरद ऋतुमा लागू हुने यसको सुइका आईसी स्मार्ट कार्ड कार्यक्षमतामा सुधारसँगै, कार्डको सुरुवात भएको २५ वर्ष पूरा भएकोमा हालको सुइका पेन्गुइनबाट नयाँ मस्कट क्यारेक्टर हटाएर नयाँ ल्याउने बताएको छ ।

सुइका पेन्गुइन कार्ड सुरु भएदेखि नै प्रयोगकर्ताहरूमाझ लोकप्रिय छ, जसले कार्डको व्यापक प्रयोग र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

पात्रका निर्माता, चित्रकार साकाजाकी चिहारुले ू२५ वर्षदेखि सुइका पेन्गुइनसँग यो लामो यात्रा गर्नु अद्भुत भएको बताए । सुइका सुपर अर्बन इन्टेलिजेन्ट कार्डको लागि एक ब्याक्रोनिम हो, जुन जापानी वाक्यांश सुइ सुइबाट लिइएको हो, जसको अर्थ सहज रूपमा सर्नु हो । २००१ मा सुरु गरिएको, आईसी कार्ड सुरुमा टोकियो महानगर क्षेत्रका ४२४ स्टेशनहरूमा स्वीकार गरिएको थियो । कभरेज क्षेत्र र सेवाहरू पछि विस्तार गरिएको थियो ।

साथै जापानभरि अन्य यातायात अपरेटरहरूसँग पारस्परिक प्रयोग मार्फत कार्ड प्रयोग गर्न सकिने स्थानहरूको संख्या पनि बढाइएको थियो ।

अक्टोबर २०२५ को अन्त्यसम्म, कुल १२ करोड कार्डहरू प्रयोगमा रहेका छन् ।

जेआर ईष्ट सुइका पेन्गुइन प्रयोगको इतिहास

नोभेम्बर १८, २००१

टोकियो महानगरीय क्षेत्रका ४२४ स्टेशनहरूमा सेवा सुरु हुन्छ


मार्च २२, २००४

सुइका ई मनी प्रणालीको सुरुवात


अगस्ट १, २००४

जेआर वेस्टसँग पारस्परिक प्रयोग सम्झौता, सुइका कार्डहरू कान्साई क्षेत्रमा पनि प्रयोग


जुन १, २००७

पोइन्ट सेवाको परिचय


मार्च २३, २०१३

१० प्रमुख आईसी कार्डहरू बीच पारस्परिक प्रयोग सम्झौता, त्यसपछि जापानको धेरैजसो भागमा प्रयोग गर्न सकिन्छ


जुलाई २०१३

पहिलो पटक मासिक प्रयोगको संख्या १० करोडभन्दा माथि


जुलाई २०१८

पहिलो पटक मासिक प्रयोगको संख्या २० करोडभन्दा माथि बढ्यो


सेप्टेम्बर १, २०१९

जापानमा अन्तर्राष्ट्रिय आगन्तुकहरूको लागि स्वागत सुइकाको परिचय


सेप्टेम्बर ८, २०२०

मोबाइल सुइका सदस्यहरूको संख्या १ करोडभन्दा माथि