(Japan) 13 th September | 2025 | Saturday | 7:01:36 AM || (Nepal) 3:46:36 AM
 
 

जापानको जनसङ्ख्यामा ऐतिहासिक गिरावट : जापानीको संख्या घट्यो, बिदेशीको बढ्यो

  POSTED ON : Friday, 08 August, 2025 | Views : 458

जापानको जनसङ्ख्यामा ऐतिहासिक गिरावट : जापानीको संख्या घट्यो, बिदेशीको बढ्यो


टोकियो, जापान ।

जापानले आफ्नो जनसङ्ख्यामा झन् गहिरिँदो संकटको सामना गरिरहेको नयाँ तथ्यांकले देखाएको छ ।

आन्तरिक मामिला मन्त्रालयले बुधबार जारी गरेको तथ्याङ्कले देशको कुल जनसङ्ख्या एक बर्षमै ५ लाख ५४ हजारले घटेको देखाएको छ। तर अझ चिन्ताजनक कुरा भनेको जापानी राष्ट्रियता बाहक नागरिकको सङ्ख्यामा ९ लाख ८ हजारभन्दा बढीले गिरावट भएको छ ।

यो सन् १९६८ देखि लिइदै आएको तथ्याङ्कमा सबैभन्दा ठूलो गिरावट दर हो।


प्रमुख तथ्याङ्कहरु यस्तो छ

कुल जनसङ्ख्या (विदेशी नागरिक सहित) : १२ करोड ४३ लाख ३३ हजार ६ सय ९० (१ जनवरी २०२५ अनुसार)

वार्षिक गिरावट ५ लाख ५४ हजार ४ सय ८५ (०.४४५ घट्ने दर)

जापानी नागरिकको सङ्ख्यास् १२ करोड ६ लाख ५३ हजार २ सय २७

जापानी नागरिकमा वार्षिक कमीस : ९ लाख ८ हजार ५ सय ७४ ९०.७५५ घट्ने दर (रेकर्ड उच्च)

जापानी नागरिक घट्ने क्रम : लगातार १६ औं वर्ष (सन् २००९ मा १२ करोड ७० लाख थियो)

जन्म र मृत्युको अनुपात : प्रत्येक जन्ममा दुईभन्दा बढी मृत्यु (यो अन्तर बढ्दै गइरहेको छ)


प्रिफेक्चर अनुसार ठूलो असमानता

बढी जनसङ्ख्या भएका प्रिफेक्चर टोकियो (१ करोड ४० लाख), कानागावा (९२ लाख), ओसाका (८७.७ लाख)

न्यून जनसङ्ख्या भएका प्रिफेक्चर टोट्टोरी ९५।३४ लाख०, शिमाने (६.४०-६.७० लाख), कोची (६.४०-६.७० लाख)

जनसङ्ख्या बढेका प्रदेशस् ४७ प्रिफेक्चर मध्ये टोकियो र चिबा मात्रै 

टोकियोमा लगभग ९० हजार जनसङ्ख्या बृद्धि ।

टोकियोको चुओ वार्डमा सबैभन्दा बढी ९१०,५६९० बढी । यसको प्रमुख कारण टोकियो ओलम्पिकलाई स्थायी आवासीय परिसरमा परिणत गरिएको थियो । यहाँ नयाँ प्राथमिक विद्यालय लगायतका सुविधा उपलब्ध छन् ।


विदेशी बासिन्दाको संख्यामा बृद्धि

जापानी नागरिक घट्दा पनि, विदेशी निवासीको सङ्ख्या बढिरहेको छ ।

कुल विदेशी बासिन्दा : लगभग ३६ लाख ७७ हजार (विगत वर्षभन्दा बढी)

बढी विदेशी बसोबास गर्ने प्रिफेक्चर टोकियो (७.२१ लाख), ओसाका, आइची, कानागावा, साइतामा

न्यून विदेशी बसोबास गर्ने प्रिफेक्चर अकिता, तोत्तोरी, कोची (७,००० भन्दा कम)

वृद्धि दर सबै ४७ प्रदेशमा बृद्धि भएको छ।

जापान बस्न राम्रो ठाउँ भएकोले विदेशीहरू आकर्षित हुँदैछन्, तर सरकारले यी परिवर्तनहरूसँग सामना गर्ने उपायहरू विकास नगरिरहेको आरोप लाग्ने गरेको छ ।

उच्च आर्थिक देशहरू बीच श्रमको प्रतिस्पर्धा बढेको, जापानमा तुलनात्मक रूपमा कम तलब रहेकाले नीतिमा सुधार नभए जापानले भविष्यमा आवश्यव विदेशी प्रतिभाहरु प्राप्त गर्न कठिन हुने विज्ञहरु बताउँछन् ।

जापानमा जनसङ्ख्या संकटको मुख्य कारण बुढ्यौली बृद्धि रजन्मदरमा भएको गिरावट हो।

हालका सरकारी उपायहरू अपर्याप्त भएको आम गुनासो रहँदै आएको छ ।

रोजगारीको अवसर, उच्च तलब, करियरको प्रगतिको सम्भावना र बाल हेरचाहको सहयोगले मात्रै मानिसहरूलाई बालबालिका जन्माउन आकर्षित गर्न सकिने विज्ञहरु बताउँछन् । यी सुविधाहरू ठूला शहरहरूमा केन्द्रित भएकाले अन्य क्षेत्रहरूमा जनसंख्याको उच्च गिरावट देखिएको छ ।

जापानको जनसङ्ख्याको भविष्य अझै गम्भीर चुनौतीमा परेको छ। जापानी नागरिकको सङ्ख्यामा भएको रेकर्ड गिरावटले देशले आफ्नो मौलिक जनसांख्यिकीय संरचनाको गम्भीर संकट झेलिरहेको प्रमाणित गर्दछ। यस संकटलाई सम्बोधन गर्न दीर्घकालीन, व्यापक र प्रभावकारी नीतिगत हस्तक्षेपको अत्यावश्यकता देखिन्छ ।

...

#जापान #जनसङ्ख्या #जनसङ्ख्याह्रास #टोकियो #जन्मदर #विदेशीकामदार #जापानसमाचार