(Japan) 17 th February | 2025 | Monday | 10:15:58 AM || (Nepal) 7:00:58 AM
 
 


जापानको भिसा आबेदन शूल्क अप्रिलदेखि बढ्दै (बिस्तृतमा)

  POSTED ON : Friday, 31 January, 2025 | Views : 850

जापानको भिसा आबेदन शूल्क अप्रिलदेखि बढ्दै (बिस्तृतमा)


टोकियो, जापान ।

जापान सरकारले प्रमुख अध्यागमन आवेदन शुल्कहरू बढाउने भएका छ । 


भिसा शूल्क सहित तोकिएको गतिविधि वर्ग अन्तर्गत स्टार्टअप भिसाको लागि बसाइ अवधि पनि बढाइने भएको छ 


परराष्ट्र मन्त्रालयले विभिन्न अध्यागमन शुल्कहरू परिमार्जन गर्ने घोषणा गरेको हो ।


केही देशका बिदेशिहरु भिसा शुल्कबाट छुटको लागि योग्य हुन सक्छन् । 


अप्रिल १ देखि लागू हुने गरी, अध्यागमन सेवा एजेन्सी (ISA) ले अध्यागमन आवेदनहरूको लागि सरकारी शुल्क निम्नानुसार बढाउने निर्णय गरेको छ । 


यस्तो छ परिवर्तन 

स्थिति परिवर्तन/बसोबास अवधि विस्तार (भिसा रिन्यू) ४,००० येन (लगभग अमेरिकी डलर २५) ​​बाट ६,००० येन (लगभग अमेरिकी डलर ३८) अनलाइन आबेदन गरेमा ५,५०० येन (लगभग अमेरिकी डलर ३५)


स्थायी बसोबास ८,००० येन (लगभग अमेरिकी डलर ५१) बाट १०,००० येन (लगभग अमेरिकी डलर ६३) अनलाइन  आबेदन पनि १०,००० येन (लगभग अमेरिकी डलर ६३)


मल्टिपल रि-इन्ट्रि (असिमित पुन:प्रवेश) अनुमति ६,००० येन (लगभग अमेरिकी डलर ३८) बाट ७,००० येन (लगभग अमेरिकी डलर ४४) अनलाइन आबेदन गरेमा ६,५०० येन (लगभग अमेरिकी डलर ४१)


आधिकारिक रोजगारीको प्रमाणपत्र (Certificate of Authorized Employment (CAE) १,२०० येन (लगभग अमेरिकी डलर ८) बाट बढेर २,००० येन (लगभग अमेरिकी डलर १३) अनलाइन  आबेदन गर्दा १,६०० येन (लगभग अमेरिकी डलर १०) मात्र लाग्नेछ । 


भिसा शुल्क प्रत्येक वर्ष अप्रिल १ मा परिमार्जन हुनेछ र निश्चित राष्ट्रियता बाहकहरूको लागि छुट हुन सक्नेछ । रि इन्ट्रि भिसाहरू जापानसँग पारस्परिक व्यवस्था भएका देशहरूका नागरिकहरूलाई मात्र जारी हुँदै आएको छ ।


थप रूपमा, ISA ले तोकिएको गतिविधि वर्ग अन्तर्गत स्टार्टअप भिसाको लागि बसाइ अवधि दुई वर्षसम्म बढाउँदैछ । छ महिनाको स्टार्टअप भिसा पहिले एक पटक मात्र नवीकरण गर्न अनुमति दिइएको थियो, कुल अधिकतम बसाइ एक वर्षसम्म हुने गर्दथ्यो । अब कुल बसाइ अवधि दुई वर्षसम्म बढाइएको छ । यद्यपि, एक पटकमा ६ महिनाको भिसा अवधि अपरिवर्तित छ।


जापान सरकारले महँगी र जनशक्ति खर्च बढेकाले शुल्क बृद्वि   गरेको जनाएको छ । यो परिवर्तनले अध्यागमन कार्यालयहरूको भीड कम हुने अपेक्षा अध्यागमन अधिकारिहरुले राखेका छन ।