टोकियो, जापान ।
जापामा काम गर्दै आएका बिदेशी कामदारहरु जो बच्चा जन्माउने योजनामा रहेका छन् उनिहरुको लागि खुशीको खवर छ ।
जापान सरकारले गर्भवती भएमा दक्ष विदेशी कामदारहरूको लागि पाँच वर्षको बसोबास सीमा बढाउने अर्थात् ५ बर्षको भिषा दिने योजना अघि बढाएको छ ।
सरकारले विदेशी कामदारहरूलाई बच्चा जन्माउने र हुर्काउने अधिकारको सम्मान गर्दै रोजगारीमा रहन सक्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । श्रम अभावसँग जुधिरहेको जापानले विदेशी दक्ष कामदारलाई टिकाइराख्न र जन्मदर बढाउने लक्ष्य अनुसार यो योजना अघि बढाएको बताइएको छ ।
सरकारले यस गर्मीमा विज्ञ प्यानलसँग छलफल गरेपछि त्यस्ता कामदारहरूलाई पाँच वर्षको भिषा उपलब्ध गराउने नियमहरू बनाउने योजना बनाएको श्रोतलाई उद्धृत गर्दै जापानी समाचार संस्थाहरुले खवर प्रकाशित गरेका छन् ।
जापानभरि निर्दिष्ट सीपयुक्त कामदार भिसा भएका विदेशीहरूको गर्भवती भएपछि उनीहरूको रोजगारी समाप्त भएको घटनाहरू भएका छन् । जापानको प्राविधिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत काम गर्ने विदेशीहरूको लागि भने पहिले नै यस्तो सुविधा उपलब्ध गराउन थालिसकिएको छ ।
निर्दिष्ट सीपयुक्त कामदार भिषा बाहकहरु निर्माण, नर्सिङ हेरचाह र कृषि सहित गम्भीर श्रम अभावको सामना गरिरहेका १६ उद्योगहरूमा काम गर्नेहरुमा पर्दन् जसमध्ये धेरै प्राविधिक प्रशिक्षार्थी कार्यक्रमबाट स्थानान्तरण भएकाहरु छन् ।
जापानले सस्तो श्रम आयात गर्ने योजनाको रुपमा आलोचना गरिएको प्राविधिक प्रशिक्षार्थी कार्यक्रम २०२७ मा खारेज हुने र सीप विकास गर्ने र कामदारहरूको अधिकारको संरक्षण गर्ने नयाँ प्रणालीले प्रतिस्थापन गर्ने तयारी गरिएको छ ।
सरकारले भविष्यमा दक्ष विदेशी कामदारहरूको संख्या विस्तार हुने अपेक्षा गरेको छ, किनकि यसले नयाँ प्रणालीसँग एकीकृत रूपमा योजना सञ्चालन गर्ने योजना बनाएको छ ।
निर्दिष्ट सीपयुक्त कामदार एक नम्वर भिसाले पाँच वर्षसम्मको बसोबासको अनुमति दिन्छ, जबकि नम्बर २ भिसा प्राप्त गर्ने कामदारहरुले ईच्छाएको अवधिभर जापानमा परिवार सहित बसेर काम गर्न सक्छन् ।
जापानको स्थायी बसोबासको बाटो खोल्ने दोस्रो नम्वर भिषाका कामदारहरूलाई आफ्ना पति, पत्नी र बच्चाहरूलाई जापान ल्याउन छुट दिएको छ ।
सेप्टेम्बर २०२४ को अन्त्यसम्म, जापानमा नम्बर १ भिसामा लगभग २६०,००० र नम्बर २ भिसामा केवल ४०८ दक्ष कामदारहरू रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।