(Japan) 12 th September | 2024 | Thursday | 2:25:49 AM || (Nepal) 11:10:49 PM
 
 


जापानकी तोमिको इतो विश्वकै सबैभन्दा वृद्ध बनिन्

  POSTED ON : Thursday, 22 August, 2024 | Views : 486

जापानकी तोमिको इतो विश्वकै सबैभन्दा वृद्ध बनिन्


टोकियो, जापान ।

यस हप्ताको सुरुमा ११७ वर्षीया स्पेनी महिलाको मृत्यु भएपछि ११६ वर्षीया जापानी महिला विश्वकै सबैभन्दा बृद्ध बनेकी छिन् । पूर्व पर्वतारोही तोमिको इतोको नाम विश्वकै बृद्ध व्यक्तिको रुपमा गिनिज वल्ड रेकर्ड्समा नाम दर्ता गराउने प्रक्रिया अघि बढेको छ ।

मे २३, १९०८ मा जन्मिएकी तोमिको इतो पश्चिमी जापानी सहर आशिया, ह्योगो प्रिफेक्चरमा बस्दै आएकी छिन् ।

मारिया ब्रान्यास मोरेराको सोमबार स्पेनको एक नर्सिङ होममा मृत्यु भएपछि उनी विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको उपाधिको लागि घोषित हुन लागेकी हुन् 

इतोका, तीन सन्तानकी आमा, पहिलो पटक एफिल टावरबाट लामो दूरीको रेडियो सन्देश पठाइएको वर्ष र राइट ब्रदर्सले युरोप र अमेरिकामा पहिलो पटक सार्वजनिक उडान गर्दा जन्मेकी थिइन् ।

आफ्नो ७० बर्षको दशकमा समेत इतोका प्रायः पर्वतारोहण गर्थिन् र दुई पटक जापानको ३,०६७ मिटर अग्लो माउन्ट ओन्तेक माउन्ट आरोहण गरेकी थिइन् । उनले हाइकिङ बुटको सट्टा स्नीकर जुत्ता लगाएर पहाड चढेर गाइडलाई छक्क पारेको बताइन्छ ।

१०० वर्षको उमेरमा, उनी छडी प्रयोग नगरी जापानको आशिया तीर्थको लामो ढुङ्गाको सिँढीहरू माथि हिँड्ने गर्थिन् ।

केहि दिन भित्रमानै इतोको नाम आधिकारीक रुपमा विश्वकै बृद्ध व्यक्तिको रुपमा गिनिज वल्ड रेकर्ड्सले घोषणा गर्ने बताइएको छ ।