(Japan) 12 th September | 2024 | Thursday | 1:46:19 AM || (Nepal) 10:31:19 PM
 
 


नेन्किन फिर्ताको आवेदन पछि जापान फेरी फर्किन मिल्छ र ?

  POSTED ON : Monday, 03 June, 2024 | Views : 918

नेन्किन फिर्ताको आवेदन पछि जापान फेरी फर्किन मिल्छ र ?


हाम्रो Nenkinsewa.com ले जापानबाट फर्केका र कम्तिमा ६ महिना वा बढीमा १० वर्षभन्दा कम समयको लागि जापानमा हुदा नेन्किनको योगदान गरेका नेपालीहरूलाई  सेवा प्रदान गर्दै आएको छ । 

सरल तरिकामा भन्नु पर्दा नेन्किन र नेन्किन फिर्ता भनेको दुइटा भिन्न कुरा हो । 

नेन्किनको अर्थ भनेको नियमित भुक्तानी हो, तपाई ६५ वर्षको उमेर पुगेर सेवानिवृत्त भएपछि पाउने योजना हो । 

येदि तपाईले जापानमा १० वर्ष भन्दा बढीको लागि पेन्सन भुक्तान गर्नुभएको छ भने ६५ वर्षको उमेर पछि तपाई यो पेन्सन प्राप्त गर्न योग्य हुनुहुन्छ। **येदि पेन्सन पाउने उमेरमा तपाई जापान अथवा नेपालमा भए पनि तपाई जता हुनु हुन्छ, पेन्सन तेही देशको बैंकको खातामा प्राप्त गर्न सक्नु हुन्छ। नेपालमा फर्किनु भयो भने पनि नेपालमा नै नेन्किन पाउनु हुन्छ ।

यसको विपरित, नेन्किन फिर्ता भनेको पेन्सन पाउन योग्य नभएकाहरूका लागि बनाएको प्रणाली हो।अङ्ग्रेजी भाषामा यसलाई  LUMP SUM WITHDRAWAL PAYMENT (एकमुष्ट निकासी भुक्तानी) भनिन्छ र जापानी भाषामा 脱退一時金 (दात्ताई इचिजिकिन ) भनिन्छ।  जसमा पेन्सन कोष तिर्नु भएको थियो तर १० वर्ष भन्दा कम समयको लागि जापानमा बस्नु भएको थियो भने तपाइले पेन्सन नपाउने कारणले नेन्किन फिर्ता पाउन योग्य हुनुहुन्छ। 

उदाहरण, यदि तपाईले ९ वर्षको लागि पेन्सन भुक्तान गर्नुभयो भने, तपाई ६५ वर्ष पछि पाउने वास्तविक पेन्सनको लागि योग्य हुनुहुन्न। त्यस कारणले गर्दा तपाईले जापान छोडेपछि पनि आफ्नो भुक्तानीको निश्चित प्रतिशत प्राप्त गर्न सक्नु हुन्छ, यो व्यवस्था जापान सरकारले गर्दै आएको छ। 

छोटकरीमा भन्नुपर्दा, एकमुष्ट निकासी भुक्तानी (नेन्किन फिर्ता ) जापानमा लामो अवधिको लागि बस्नेहरूका लागि बनाएको छैन, र हामी हाम्रा ग्राहकहरूलाई येदि लामो समयको लागि बस्ने योजना भएकोहरुलाई नेन्किन फिर्ता लिन सिफारिस गर्दैनौ। किन भने  तपाईले एकमुष्ट नेन्किन फिर्ताको रकम प्राप्त गरेपछि, तपाईको अहिले सम्म तिरेको नेन्किन रकम शुन्य (०) मा परिणत हुन जान्छ। न्युनतम पेन्सन तिर्ने १० वर्ष भए तापनि तपाईले ४० वर्षसम्म भुक्तानी गरेपछि मात्रै पूर्ण पेन्सन रकम दिइन्छ। त्येसैले तपाईले जति धेरै वर्ष तिर्नु हुन्छ, तपाईले तेति नै धेरै पेन्सन पाउनु हुन्छ।  

हामीलाई थाहा छैन कि इमिग्रेसनले तपाइको नेन्किन भुक्तानीको रेकर्ड राख्छ वा राख्दैन किनकि हामी इमिग्रेसनहरूसँग सम्बन्धित छैनौं।

विगतमा हाम्रा एक दुइजना ग्राहकहरु जो जापान फर्किने योजनामा भए पनि नेन्किन फिर्ताको लागि आवेदन दिने निर्णय गरेका थिए। उनीहरूको जापानमा १० वर्ष सम्म बस्ने योजना थिएन र माथि उलेक्खित जोखिमहरु बुझेर आफ्नो निर्णय गर्नुभयो। नेन्किन फिर्ता लिएको ग्राहकहरुलाई जापान फर्कन कुनै समस्या भएको थिएन। 

जापानमा लामो अवधिको लागी बस्ने योजनामा हुनु हुन्न र नेपालमा फर्केर नेन्किन फिर्ता लिन चाहनु हुन्छ भने हाम्रो सेवाले नेपाल अथवा अरु कुनै देशमा रहने नेपालीहरुलाई नेन्किन फिर्ताको आवेदनमा सहयोग गर्दै आएको छौ । 

त्येसको लागि हामीलाई भाइबर नं: ९८४७६९१६४२  मा सम्पर्क गर्नु होला । 

...

यो लेख २०२४ मा लेखिएको हो, जापानमा समय समयमा योग्य उमेर परिवर्तन हुन्छ। साथै, केहि अवस्थामा मानिसहरू ६५ वर्ष भन्दा पहिले वा पछि पेन्सन प्राप्त गर्न योग्य हुन्छन् ।