(Japan) 31 st May | 2026 | Sunday | 1:46:54 PM || (Nepal) 10:31:54 AM
 
 

जापानको विशिष्ट सीप भएका SSW कामदार भनेको के हो ?

  POSTED ON : Tuesday, 11 July, 2023 | Views : 5502

जापानको विशिष्ट सीप भएका SSW कामदार भनेको के हो ?


श्रमिक अभावलाई कम गर्न जापानले विदेशी नागरिकका लागि विशेष प्राविधिक सीप प्रणाली सिर्जना गरि कामदार आपूर्ति थालेको नयाँ प्रणाली नै एसएसडब्ल्यु (SSW) हो ।

जापानले सन् २०१९ साल अप्रिल महिनादेखि केही जापानी औधोगिक क्षेत्रमा विदेशी कामदार भित्राउने उदेस्यले विशेष सीप भएका कामदार (SSW) नामक नयाँ बसोबास आज्ञा (भिसा) दिन सुरु गरेको छ । 

विशिष्ट सीप भएका कामदारलाई "नम्बर १" र "नम्बर २ " गरी दुई प्रकारका योग्यतामा विभाजित गरिएको छ। 

विशिष्ट सीप नम्बर १ (SSW1) मुख्य बुँदाहरू:

बस्ने अवधि: हरेक वर्ष, हरेक ६ महिना वा हरेक ४ महिनामा नवीकरण गरिने गरी जम्मा ५ वर्षसम्म

जापानी भाषा स्तर: दैनिक जीवन र काम गर्ने ठाउँमा प्रयोग गरिने जापानी भाषामा निपुर्ण हुनुपर्नेछ, भाषिक दख्खलता परीक्षाद्वारा पुष्टि भएको हुनुपर्छ (प्राविधिक इन्टर्न प्रशिक्षण पूरा गरेकाहरूले परीक्षा दिनुपर्दैन)

सीपको स्तर: परीक्षाबाट प्रमाणित भएको (प्राविधिक इन्टर्न प्रशिक्षण पूरा गरेकाहरूले परीक्षा दिनु पर्ने छैन)

परिवार साथमा राख्न पाउने नपाउने बारे: साधारणतया अनुमति छैन

स्थायी बासिन्दा (PR): नपाउने

विशिष्ट सीप नम्बर २ (SSW2) मुख्य बुँदाहरू:

बस्ने अवधि: ३ वर्ष, १ वर्ष वा हरेक ६ महिनामा नवीकरण

जापानी भाषा स्तर: कुनै परीक्षण आवश्यक छैन

सीपको स्तर: परीक्षण, आदि द्वारा पुष्टि।

परिवार साथमा राख्न पाउने नपाउने बारे: यदि आवश्यकताहरू पूरा भएमा सम्भव छ (श्रीमान/श्रीमती, बच्चाहरू)

स्थायी बासिन्दा (PR): पाउन सकिन्छ 

SSW 1 द्वारा लक्षित 12 पेशाहरू

तल उल्लिखित १२ क्षेत्रमा SSW 1 को रूपमा जापानमा काम गर्न सकिनेछ ।

हाल, निम्न दुई क्षेत्रहरू मात्र SSW 2 अन्तर्गत स्वीकृतिको लागि योग्य छन्। 

SSW 2 द्वारा लक्षित 2 पेशाहरू

निर्माण

पानी जहाज निर्माण र पानी जहाज मेशिनरी उद्योग

*SSW2 अन्तर्गत पेशाहरु बढाउदै लग्ने सम्भावना छ ।

नोट: जापानमा SSWको रूपमा काम गर्ने सामान्य प्रकृया निम्नअनुसार रहेको छ । तथापि, देश अनुसार कागजी प्रक्रियामा थोरै फरक हुने र कुनै देशहरुमा आन्तरिक प्रक्रियाको आवश्यकता पर्ने हुनाले त्यस कुरामा पनि विशेष ध्यान दिनुहोला । विस्तृत जानकारीका लागि सम्वन्धित निकायमा सम्पर्क गर्नुहोला ।

स्रोत: https://global-saponet.mgl.mynavi.jp/visa/2685

        https://www.moj.go.jp/content/001326468.pdf

...
SSW बाट नेपाल फर्किनु भएको खण्डमा नेन्किन फिर्ताको लागि हामीलाई सम्झिनुहोस्। 

थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं.: +९७७ ९८४७६९१६४२ 

वेबसाइत: Nenkinsewa.com