टोकियो, जापान ।
चिनियाँ सिनेमाको पोस्टरमा लेखिएको छ 'म तिमीलाई कुरिरहनेछु, चाहे जति सुकै समय लागोस्।'
आफ्ना मालिकको मृत्यु भएको धेरै वर्ष पछि सम्म पनि रेल स्टेशनमा मालिको प्रतिक्षामा कुरिरहने इमान्दार जापानी कुकुर हाचिकोको सत्य कथा हो यो ।
घुर्मैलो सेतो रङको अकिता इनु १०० वर्ष अघि जन्मिएको थियो । नोभेम्वर १०, १९२३ मा अकिता प्रिफेक्चरमा जन्मिएको हाचिकोको सम्झनामा जापान मात्र नभई विश्वमै किताबदेखि सिनेमा र विशेष विज्ञान साहित्य सिटकम फुटुरामासम्म यसको कथा पढ्न पाइन्छ ।
चिनियाँ संस्करण तेस्रो हो जुन अहिलेको बक्स अफिसको हिट सिनेमा बनेको छ । जापानी संस्करण सबभन्दा पहिले सन् १९८७ आएको थियो त्यसपछि दोस्रो संस्करण सन् २००९ मा आएको थियो जसका नायक रिचर्ड गिअर थिए।
ग्रेफ्रिअर्स बबी जस्ता अरू पनि समर्पित कुकुर बारेका यस्ता कथा बनेका छन् तर हाचिकोको जस्तो अरूको विश्वव्यापी प्रभाव देखिंदैन ।
हाचिकोको कांशको मुर्ति टोक्योको शिबुया स्टेशन बाहिर प्रतिस्थापन गरिएको छ, जहाँ उसले सन् १९४८ देखि आफ्ना मालिकलाई अनवरत कुरिरहन्थ्यो ।
उक्त मूर्ति शिबुयामा सन् १९३४ मा पहिलोपटक ठड्याइएको थियो जुन दोस्रो विश्व युद्धमा पुनर्प्रयोगका लागि लगियो । मार्च ८, १९३५ मा हाचिकोको ११ बर्षको उमेरमा शिबुयामा निधन भएको थियो ।
जापानी विद्यार्थीहरूलाई चुकेन हाचिको अर्थात् एउटा इमान्दार कुकुर हाचिकोको कथा समर्पण र विश्वासको उदाहरणका रूपमा पढाउने गरिन्छ।
हाचिको ठूलो आकारको जापानी कुकुर हो, जापानका केही पुराना र लोकप्रिय प्रजातिमध्ये अकिता पर्छ । जापान सरकारले सन् १९३१ मा यसलाई विशेष मान्यता पनि दियो। तिनलाई कुनै बखत जङ्गली बँदेल र एल्क मार्न तालिम दिने गरिन्थ्यो।
अकिता कुकुरहरू शान्त, कर्मनिष्ठ, बुद्धिमान, बहादुर र मालिकका आज्ञापालक हुने बताईन्छ ।
अर्कोतिर यसको आफ्नो मालिक बाहेक अरूले भनेको नटेर्ने खालको बानी पनि हुन्छ ।
हाचिको जन्मेको वर्ष कुकुर प्रेमी कृषि प्राध्यापक हिडेसबुरोले आफ्ना एक विद्यार्थीलाई अकिता प्रजातिको कुकुरको बच्चा आफ्ना लागि खोजिदिन आग्रह गरे।
हाचिकोबारे एउटा अखबारमा सन् १९३२ मा एउटा लेख छापिएपछि उसको पहिचान राष्ट्रिय बन्न पुग्यो ।
लामो रेलयात्रा पछि शिबुया जिल्लामा सन् १९२४ को ज्यानुअरी १५ तारिखमा युएनो निवासमा उक्त कुकुरको छाउरो आइपुगेको थियो । आइपुग्दा उसको हालत यति खराब भइसकेको थियो कि सुरुमा त्यो मरेको ठानिएको थियो ।
हाचिकोका बायोग्राफर प्रोफेशर मायुमि इतोका अनुसार यूएनो र उनकी श्रीमती येले छ महिना लगाएर उसको स्वास्थ्यको हेरविचार गरेपछि उसको स्वास्थ्य राम्रो भयो । युएनोले उनको नाम हाचि राखे जसको अर्थ जापानी भाषामा आठ भनेको हुन्छ ।
युएनो हप्तामा केही दिन रेल चढेर काममा जाने गर्थे। उनीसँगसँगै उनका हाचिको सहित तीन कुकुरहरू शिबुओ रेल स्टेशन जान्थे। ति तीन कुकुरले साँझमा त्यही स्टेशन बाहिर आफ्ना मालिक फर्किने प्रतीक्षा गरिरहन्थे।
सन् १९२५ को २१ मेका दिन ५३ वर्षीय यूएनोको मस्तिष्का घातका कारण निधन भयो । हाचिको उनीकहाँ आइपुगेको त्यसबेला १६ महिना पुगेको थियो ।
'मानिसहरू अन्तिम संस्कारका लागि कुरिरहँदा हाचिले युएनो भित्रै रहेको गन्ध पाएपछि बैठकमा छिर्यो र उनको शपपेटिका भित्र घुसेर बाहिर निस्कनै मानेन' प्रोफेशर इतोआ लेख्छिन् ।
हाचिकोले त्यसपछिका केही महिना शिबुवा बाहिरका केही परिवारसँग बितायो । सन् १९२५ को ग्रीष्म याममा उ उएनोका माली किकुसाबुरो बोबायाशिकहाँ पुग्यो ।
उसको आफ्नो दिवङ्गत मालिकको घर भएको क्षेत्रमा पुगेपछि हाचिकोले पानी परोस् वा घाम लागोस् दैनिक स्टेशन जाने आफ्नो नियमित दैनिकि सुरु गर्यो ।
“साँझमा हाचि टिकट गेट बाहिर चार खुट्टाले टेकेर बस्थ्यो र हरेक यात्रुको मुखमा पालै पालो हेर्थ्यो यस्तो लाग्थ्यो उ कसैलाई खोजिरहेको छ” प्रोफेशर इतोआले भनिन्। स्टेशनका कर्मचारीले पहिले त उसलाई समस्याका रूपमा लिएका थिए । नजिकैका कर्मचारीले उसलाई भगाउन पानी खन्याइदिन्थे वा साना साना केटाकेटीले उसलाई खुट्टाले हान्थे वा अरू कुनै हिसाबले जिस्क्याउँथे।
तर जापानी दैनिक पत्रिका आसाहि शिम्बुनले उसको बारे अक्टोबर १९३२ मा कथा छापेपछि उसको ख्याति राष्ट्रिय रूपमा बढ्यो ।
स्टेशनले उसको हाचिकोको खानाका लागि दान पाउन थाल्यो र देशका कैयौँ स्थानबाट उसलाई हेर्न मान्छेहरू आउन थाले । उबारे कविता र हाइकुहरू लेखिन थाले । उसको मूर्ति बनाउन पैसा उठाउने उद्देश्यले गरिएको एक कार्यक्रममा ३००० मानिस जम्मा भएको बताइन्छ ।
८ मार्च १९३५ मा हाचिकोको मृत्यु हुँदा त्यो राष्ट्रिय समाचारको विषय बन्यो । उसको अन्तिम संस्कारमा बौद्धमार्गी भिक्षुहरूले उसका लागि प्रार्थना गरेर जानेमानेका व्यक्तिले उसको बारे लेखोट पढे । त्यसपछिका दिनमा हजारौँ मानिसले त्यो मूर्ति हेर्न आए ।
विश्वयुद्ध पछिको जापान सङ्कटबाट गुज्रिरहेको भएपनि हाचिकोको नयाँ मूर्ति बनाउन पैसा उठाउन गरिएको कार्यक्रममा ८ लाख येन सङ्कलन भयो । त्यसबेला त्यसको आजको मूल्य करिब ४ अर्ब येन वा २ करोड ६० लाख डलर हुन्छ।
'पछाडि फर्केर हेर्दा मलाई लाग्छ हाचिकोलाई डा यूएनो फर्केर आउँदैनन् भन्ने थाहा थियो तर उसले प्रतीक्षा गरिरह्यो । हाचिकोले हामीलाई कोहीमाथि विश्वास राख्ने कुराको महत्त्व सिकायो।'
सन् १९८२ मा एउटा अखबार लेखमा ताकेशी ओकामोतोले लेखेका छन् । माध्यमिक तहका विद्यार्थीका रूपमा उनले हाचिकोलाई रेल स्टेशनमा दैनिक रूपमा भेट्ने गर्थे।
हाचिकोको सम्झनामा
हरेक वर्ष ८ अप्रिलका दिन शिबुया स्टेशन बाहिर एउटा सम्झना कार्यक्रम गरिन्छ । उनको मूर्तिमा स्कार्फहरू, स्यान्टा ह्याट र हालैका दिनमा सर्जिकल मास्कले सजाइन्छ ।
उसको प्रतिलिपि न्याशनल म्युजिअम अफ नेचर एन्ड साइन्स टोक्योमा प्रदर्शनीमा राखिएको छ। उसका केही अवयव ओयामा सीमेटरीमा यूएनो र येको शवपेटिकासँगै राखिएको छ। उसका मूर्तिहरू ओडाटै, यूएनोको गृहगनगर हिसाइ, टोक्यो विश्वविद्यालय र सन् २००९ को सिनेमाका लागि तयार पारिएको मूर्ति रोड आइल्यान्डमा पनि छ।
के अहिलेको एक सय वर्ष पछि पनि संसारको सबभन्दा प्रतिबद्ध कुकुरको जयन्ती मनाइएला ? प्रोफेशर यानो भन्छिन् 'हो मनाइएला किनभने हाचिकोको नायकत्व कुनै समयसीमामा बाँधिएको छैन यो त जहिले पनि कायम हुन्छ।'
साकुराबा उत्तिकै आशावादी पनि छन् । 'अबको १०० वर्ष पछि पनि यो निशर्त समर्पित माया अपरिवर्तित रहनेछ र हाचिकोको कथा सधैँ जीवित रहनेछ ।'
...
हाचिको, विश्वप्रसिद्ध विश्वासको प्रतिक जापानी कुकुरको १०० औं जन्मोत्सव