(Japan) 31 st May | 2026 | Sunday | 1:48:19 PM || (Nepal) 10:33:19 AM
 
 

जापानमा कति प्रकारका 'नेन्किन' हुन्छन् ? (भाग ३)

  POSTED ON : Saturday, 03 June, 2023 | Views : 4544

जापानमा कति प्रकारका 'नेन्किन' हुन्छन् ? (भाग ३)


हामी सबैलाई 'नेन्किन' (निवृत्तिभरण/पेन्सन) र यसको आधारभूत जानकारी थाहा छ । यदि थाहा छैन भने यो लेख अवश्य पढ्नुहोला ।

के तपाईंलाई थाहा छ, जापानमा विभिन्न प्रकारका नेन्किनहरू हुन्छन भनेर ?

मुख्य रुपमा तपाइले प्राप्त गर्न सक्ने पेन्सनहरु २ प्रकारका हुन्छन्। 

Note : कृपया ध्यान राख्नु होला : तपाइँको कम्पनी वा पेशाको आधारमा विभिन्न प्रकारका 'पेन्सन'हरु हुन्छन् । यी २ सामान्य 'पेन्सन'हरू हुन् जुन प्रायले जापानमा तिरेका हुन्छन् ।

हामीसँग २ फरक प्रकारका 'पेन्सन'हरु छन् : 

१. कर्मचारी 'पेन्सन' (厚生年金, こうせいねんきん, Employee’s Pension)

२. राष्ट्रिय 'पेन्सन' (国民年金, こくみんねんきん, National Pension)

१.कर्मचारी 'पेन्सन' 

यदि तपाई 'फुल टाइम' कर्मचारी हुनुहुन्छ भने, जापानमा धेरै जसो तपाइलाई 'कर्मचारी पेन्सन' मा भर्ना समावेश गरेको हुन्छ । यो तपाईको रोजगारी सम्झौतामा वा 'क्युर्योउ मेइसाई'मा उल्लेखित गरेको हुन्छ । 

● 'पेन्सन' बापत तिर्नु पर्ने रकम तपाई र तपाईको रोजगारदाता दुबै द्वारा भुक्तान गरिएको हुन्छ । 

उदाहरण : यदि तपाईको महिनामा २०,००० येन 'पेन्सन'को लागि काटिरहेको छ भने तपाइको रोजगारदाताले पनि २०,००० येनको भुक्तानी तपाईको 'पेन्सन' कोषमा थप गरिरहेको हुन्छ । त्यसैले गर्दा कुल रकम ४०,००० येन तपाईको 'पेन्सन' कोषमा जम्मा हुन्छ ।  

'पेन्सन'को दर तपाइको तलबमा निर्भर गर्छ, त्येसैले जति धेरै तलब हुन्छ, बुढेसकालमा त्यति नै 'पेन्सन' पाउनुहुनेछ ।

'पेन्सन' प्राप्त गर्ने रकम भनेको तपाईले तिरेको रकम हैन। बरु, तपाईले काम गर्नु भएको वर्ष र कति तिर्नु भएको छ त्यसमा निर्भर गर्छ । 

यदि तपाई 'फुल टाइम' कर्मचारी हुनुहुन्छ र कम्पनीले कर्मचारी 'पेन्सन'मा भर्ना गरिदिएन भने जापानमा यसलाई राम्रो 'फुल टाइम' जागिर मानिंदैन । कर्मचारी 'पेन्सन' भनेको जापानमा 'फुल टाइम' कर्मचारीहरुले प्राप्त गर्ने लाभ हो । र यदि तपाईको कम्पनीले कर्मचारी 'पेन्सन'मा भर्ना गरिदिएन अथवा राष्ट्रिय 'पेन्सन' आफैले तिर भन्यो भने त्यो काम सुरु गर्नु अगाडी राम्रोसँग सोचबिचार गर्नुहोला ।

२.राष्ट्रिय 'पेन्सन'

यदि तपाई 'पार्ट टाइम' कर्मचारी हुनुहुन्छ भने प्राय जापानी कम्पनीहरुले कर्मचारी 'पेन्सन'मा भर्ना गरिदिएको हुदैन । कृपया बुझ्नुको लागि आफ्नो 'क्युर्योउ मेइसाई'मा हेर्नु होला। प्रायमा “厚生年金 こうせいねんきん” लेखिएको हुदैन।

राष्ट्रिय 'पेन्सन' भनेको 'फ्री-लान्स' काम गर्ने वा आफ्नै व्यवसाय चलाउने र कर्मचारी 'पेन्सन' नतिर्नेहरुको लागि हो।  

 यदि तपाईले कर्मचारी 'पेन्सन' तिर्नु भएको छैन भने तपाईले राष्ट्रिय 'पेन्सन' तिर्नै पर्ने हुन्छ।

बुझ्नु पर्ने कुराहरु :

१. यदि तपाई 'कुक' भिसामा हुनुहुन्छ र तपाईले कर्मचारी 'पेन्सन' तिरेको छैन भने, हामी तपाईंलाई राष्ट्रिय 'पेन्सन' तिर्नको लागि सल्लाह दिन्छौ । यदि तपाईंले भुक्तान गर्नुभएन भने यसले तपाईंको स्थायी निवास आदिमा नकारात्मक प्रभाव पार्न सक्छ।

२. यदि तपाई 'पार्ट टाइम' कर्मचारी हो भने, तपाईले राष्ट्रिय 'पेन्सन' तिर्नु पर्ने हुन्छ, नतिरेको खण्डमा तपाईको भिसा स्तिथिमा नकारात्मक असर पर्न सक्छ ।

र यदि विद्यार्थी हुनुहुन्छ भने विद्यालय भर्ना गर्दा विशेष आवेदन दिनु भयो भने राष्ट्रिय 'पेन्सन' भुक्तान गर्न छुट हुन्छ ।  कृपया विस्तृत जानकारीको लागि आफ्नो विद्यालय अथवा जापान 'पेन्सन' सेवामा आफ्नो 'पेन्सन' नम्बरको साथ बुझ्नु होला ।  

राष्ट्रिय 'पेन्सन'को भुक्तानी तपाईले मात्रै गर्ने हो, यसमा रोजगारदाताको योगदान हुदैन । 

 २०२३ सालको आधारले तपाईले जापान 'पेन्सन' सेवामा महिनाको १६,५२० येनको निश्चित रकम भुक्तान गर्नु पर्ने हुन्छ ।  

यसमा कसैले पनि रकम थप्ने छैन ।

राष्ट्रिय 'पेन्सन' तिर्ने व्यक्तिले कर्मचारी 'पेन्सन'को तुलनामा उल्लेखनीय रूपमा कम 'पेन्सन' पाउँछन् ।

यदि म Dependent (श्रीमान वा श्रीमती) भएको भए के हुन्छ ?

यदि तपाईं कर्मचारीको 'पेन्सन'मा भर्ना भएकाहरूको श्रीमान/श्रीमती हुनुहुन्छ भने

जापानी सरकारले तपाइको साटो राष्ट्रिय 'पेन्सन' तिरिदिन्छ तर तपाईको Dependent छ भनेर पहिले नै कम्पनीमा जानकारी दिनु होला।  

यदि तपाईं राष्ट्रिय 'पेन्सन'मा भर्ना भएकाहरूको Dependent (श्रीमान/श्रीमती) हुनुहुन्छ भने

श्रीमान/श्रीमती आफैले 'पेन्सन' तिर्नु पर्छ।

तपाईंले आफ्नो श्रीमान/श्रीमतीको लागि तिरिदिनु पर्छ।  

के तपाईले बुझ्नु भयो जापानमा कति प्रकारका पेन्सनहरु उपलब्ध छन् भनेर ?


अर्को हप्ता, 'नेन्किन फिर्ताको आवेदन दिन को योग्य हुन्छन ?'
यस बारेमा विस्तृत जानकारी राख्नेछौं ।
...

कसरी पढ्ने क्युर्योउ मेसाई ? (भाग २) जापानमा नेन्किन (पेन्सन) के हो, कसरी प्राप्त गर्ने ? (भाग १)

...
थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं. +९७७ ९८४७६९१६४२ 

वेबसाइट : Nenkinsewa.com