(Japan) 31 st May | 2026 | Sunday | 1:48:33 PM || (Nepal) 10:33:33 AM
 
 

जापानमा राहदानी, कन्सुलर र कानुनी परामर्श चाहिए ०३-३७१३-६२४१ मा दूतावासमा सम्पर्क गर्नुहोस्

  POSTED ON : Tuesday, 30 May, 2023 | Views : 2970

जापानमा राहदानी, कन्सुलर र कानुनी परामर्श चाहिए ०३-३७१३-६२४१ मा दूतावासमा सम्पर्क गर्नुहोस्


टोकियो, जापान ।

जरुरी कामले नेपाली राजदूतावास जापानमा फोन गर्दा उठेन वा उठेर पनि भाषागत समस्या जस्ता झण्झट तपाईंले व्यहोर्नु भएको छ भने अब जापानवासी नेपालीहरुका यस्ता गुनासा समाधान हुने भएको छ ।

कारण हो नेपाली राजदूतावास टोकियोले राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाहरुको जानकारी दिन नयाँ फोन नम्वर संचालनमा ल्याएको छ ।

राजदूतावासले एक विज्ञप्ति जारी गर्दै दूतावासको सेवाहरुका लागि सहज, सरल र सुलभ बनाउन ०३-३७१३-६२४१ को फोन प्रयोगमा ल्याएको जनाएको छ ।

यस नम्वरमा कार्यालय खुलेको दिन (बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म अपरान्ह १ः०० देखि २ः०० बजेसम्म खाना समय बाहेक) उर्पयुक्त समयमा फोन गर्न सकिने समेत दूतावासले उल्लेख गरेको छ ।

यस बाहेक दूतावासको इमेल eantokyo.mofa.gov.np मार्फत पनि सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

राजदूतावासबाट प्रदान गरिने सेवाहरु दूतावासको वेवसाइट, फेसबुकपेज र ट्विटरबाट पनि अद्यावधिक गरिने भएकाले उल्लेखित अनलाईनहरुबाट लिन समेत राजदूतावास टोकियोले जापानवासी नेपालीहरुमा सूचित गरेको छ ।


यस्तो छ दूतावासद्धारा जारी विज्ञप्ति

जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस राजदूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाहरुका लागि सम्पर्क गर्न सहज, सरल र सुलभ होस् भन्ने उद्देश्यले राजदूतावासले ०३-३७१३-६२४१ को फोन प्रयोगमा ल्याएको व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । कार्यालय खुेको दिन बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म (अपरान्ह १ः०० देखि २ः०० बजेसम्म खाना समय बाहेक) उर्पयुक्त समयमा फोन गर्न सकिनेछ ।

यसका अतिरिक्त राजदूतावासको इमले मार्फत पनि राजदूतावासमा सम्पर्क गर्न सकिनेछ ।

राजदूतावासबाट प्रदान गरिने सेवाहरुका सम्वन्धमा राजदूतावासको वेवसाइट राजदूतावासको फेसबुक पेज र राजदूतावासको ट्विटर अकाउन्ट बाट पनि अद्यावतिक गरिनेछ ।