क्यूर्योउ मेइसाई भनेको एक सूचना हो, जसले भुक्तान गरिएको तलब र कटौतीको रकमको सारांश दिन्छ।
1. 基本給ーきほんきゅうーकिहोनक्यू ー Basic Salary
● नेपालीमा येसलाई आधारभूत तलब भनिन्छ।
● आधारभूत तलबले तपाइको बोनस निश्चित गरेको हुन्छ।
● तपाईंले कर्मचारी करारबाट आफ्नो आधारभूत तलब गणना गर्नुपर्छ, यदि त्यहाँ गल्ती छ भने, तपाईंले कम्पनीलाई तुरुन्तै यसको बारेमा भन्नुपर्छ। यदि तपाईंले केही भन्नुभएन भने यसले तपाईंको भविस्यमा भिसालाई असर गर्न सक्छ।
2. 固定残業手当ーこていざんぎょうてあてーकोतेइ जान्ग्यो तेआतेー Fixed Overtime Allowance
● नेपालीमा 'निश्चित ओभरटाइम भत्ता' भनिन्छ।
● कम्पनीको सम्झौतामा तपाइले हरेक महिना कति घण्टा ओभरटाइम गर्नु हुन्छ भनेर निश्चित गरेको हुन्छ।
● उदाहरण: येदि तपाइको कम्पनीको सम्झौतामा महिनाको २० घण्टा ओभरटाइम उलेक्खित गरेको छ र तपाइले त्यो महिना १८ घण्टा मात्रै ओभरटाइम गर्नु भयो भने तपाइले पुरा तलब पाउनु हुन्छ र येदि २५ घण्टा गरिएको छ भने ५ घण्टाको पैसा थप गरेर तपाइको तलबमा जोडिएको हुन्छ।
3. 介護保険ーかいごほけんーखाईगो होकेनー Nursing Care Insurance
● यसलाई नेपालीमा दीर्घकालीन हेरचाह बीमा भनिन्छ।
● यो ४० वर्ष र माथिको उमेरले मात्रै तिर्नु पर्ने बीमा हो।
● यो बीमामा, बुढेसकालमा तपाईलाई येदि नर्सिङ हेरचाह वा सहयोग चाहिन्छ भने सरकारले उपलब्ध गराउने बिमा हो।
4. 健康保険ーけんこうほけんーकेन्कोउ होकेनー Health Insurance
● नेपालीमा यसलाई स्वास्थ्य बिमा भनिन्छ।
● स्वास्थ्य बीमा प्रणाली एक सार्वजनिक चिकित्सा बीमा प्रणाली हो जसले बिरामी, चोटपटक लागेमा केहि प्रतिशत छुट पाइन्छ।
● उदाहरण: येस बिमामा सरकारले ७०%को पैसा तिरिदिनु हुन्छ र बाकी भएको ३०% चाही हामीले तिर्नु पर्ने हुन्छ। उमेर अनुसार बिमाको सुविधा फरक हुन्छ।
● त्येसैले यो हरेक व्येक्तिले तिरेको हुनु पर्छ।
5. 厚生年金ーこうせいねんきんーकोउसेइ नेन्किनー Employee’s Pension
● नेपालीमा यसलाई "कर्मचारीको पेन्सन" भनिन्छ।
● फुल टाइमहरुले काम गर्दा तपाइको तलबबाट पेन्सन काटिएको हुन्छ। कम्पनीमा काम गर्नेहरुले जति नेन्किन तिरेको हुन्छ । त्येसको समान रकम कम्पनीहरुले पनि हालीदिन्छ।
● उदाहरण: येदि तपाइको तलबबाट रु.२०,००० काटेको छ भने, कम्पनीले पनि रु.२०,००० थप तपाइको पेन्सन तिरिदिएको हुन्छ। त्येसैले महिनामा तपाइको नेन्किनको रकम रु.४०,००० पेन्सन फन्दमा भुक्तानी गरिएको हुन्छ।
6. 雇用保険ーこようほけんーकोयोउ होकेनー Employment Insurance
● कोयोउ होकेन भनेको रोजगार बीमा हो।
● रोजगारी बीमा प्रणाली भनेको रोजगारी कायम राख्ने र कर्मचारीको जीवनमा स्थिरता ल्याउने बिमा प्रणाली हो । यदि कुनै कर्मचारीले आफ्नो काम गुमाउनु भयो भने, उनीहरूले पुन: रोजगारीको लागि सहयोग र लाभहरू प्राप्त गर्न सक्छन्।
● यो बीमा प्राप्त गर्नको लागि विभिन्न परिस्थितिहरू हुन्छन् । येदि तपाइको परिस्थिति मिल्यो भने हरेक महिना केहि प्रतिशतको तलब प्राप्त गर्न सक्नु हुन्छ।
7. 所得税ーしょとくぜいーस्योतोकुजेइー Income Tax
● नेपालीमा येसलाई आयकर भनिन्छ।
● आयकर एक कर हो जुन तपाईंले आफ्नो तलब अनुसारले तिर्नु पर्ने हुन्छ।
● येदि तपाइको तलब बढेको छ भने, तपाइले तिर्नु पर्ने आयकर पनि बढ्छ।
8. 住民税ーじゅうみんぜいーज्यूमिनजेइー Resident Tax
● येसलाई नेपालीमा निवासी कर भनिन्छ।
● यो तपाई बस्नु भएको क्षेत्र अनुसार फरक हुन्छ।
● कैले कहिँ यो कम्पनीले तिरेको हुदैन, नतिरेको क्षेत्रमा हजुरले आफ्नो नजिकको कुयाकुस्यो अथवा सियाकुस्योमा रकम बुझेर तिर्नु पर्ने हुन्छ।
9. 出勤日数ーしゅっきんにっすうーस्युक्किन निस्सुउー Total Work Days
● येसको नेपाली अर्थ काम गर्ने दिनहरुलाई भनिन्छ।
10. 支給ーしきゅうーसिक्यू ーIncome
● नेपालीमा येसलाई प्रावधान भनिन्छ।
● यसमा महिनाको तलब, ओभरटाइम भुक्तानी, र तपाईंको सम्झौतामा समावेश गरिएका भत्ताकोबारे लेखिएको हुन्छ।
11. 控除ーこうじょーकोज्यो ーDeduction
● येसलाई नेपालीमा कटौती भनिन्छ।
● विभिन्न कर र होकेनहरु तिर्नको लागि तपाईंको तलबबाट मासिक रूपमा कटौती गरिएको हुन्छ।
12. 差し引き支給額ーさしひきしきゅうがくーसासिहिकी सिक्यू गाकु -Net Income
● नेपालीमा कटौती पछिको रकम भनिन्छ।
● तपाइको तलबबाट करहरु र होकेनहरु कटौती गरिसके पछि कम्पनीले भुक्तानी गरेको रकम हो जुन तपाइको बैंकमा जम्मा हुन्छ।
अर्को हप्ता: जापानमा कति प्रकारको नेन्किन हुन्छन्? म कुन नेन्किन तिर्दै छु त?
...
जापानमा नेन्किन (पेन्सन) के हो, कसरी प्राप्त गर्ने ? (भाग १)
थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला।
फोन नं.: +९७७ ९८४७६९१६४२