(Japan) 31 st May | 2026 | Sunday | 1:46:13 PM || (Nepal) 10:31:13 AM
 
 

गर्मिमा जापानको समुद्र किनार जाँदै हुनुहुन्छ भने होसियार ! यस्ता खतरनाक जीवहरूबाट बच्नुहोस्

  POSTED ON : Thursday, 25 May, 2023 | Views : 3056

गर्मिमा जापानको समुद्र किनार जाँदै हुनुहुन्छ भने होसियार ! यस्ता खतरनाक जीवहरूबाट बच्नुहोस्


योकोहामा, जापान ।

जापानमा यस बर्षको गर्मियाम भर्खर सुरु भएको छ । यहि समयमा जापानले कोरोना भाइरस रोकथामका उपायहरुपनि हटाएको छ । जसले गर्दा तीन बर्षपछि पहिलो पटक समुद्र किनारमा रमाउन जानेहरुको संख्या उल्लेख्य हुने पूर्वानुमान गरिएको छ ।

धेरै मानिसहरू जापानका प्रमुख शहर नजिकैको समुद्री किनारका मनोरञ्जन स्थलहरूमा जान थालिसकेका छन् । तर विज्ञहरूले यसपटक विशेष सावधानी अपनाउन सल्लाह दिइरहेका छन् । यसको कारण भनेको कोरोना संक्रमणको जोखिम नभई समुद्र किनारमा भेटिएका ज्यानै लिनसक्ने विशाक्त किराहरु हुन् । जसले एकपटक मात्र तपाईंलाई छोयो भनेपनि  ज्यान लिनसक्छ ।

मे १ तारिख साँझ, योकोहामाको कानाजावा वार्डको उमिनो कोएन (सामुद्रिक पार्क) को किनारमा करिब पाँच सेन्टिमिटर लामो सयौं नीलो जीवहरू देखिएका छन ।

निकुञ्जको व्यवस्थापनका अनुसार यीमध्ये अधिकांश हावाका नाविकहरू हुन्, जुन 'हाइड्रोजोआ' वर्गको सिकारी जीवनहरु हुन् । 'फिलम सिनिडारियामा' जसमा 'जेलीफिस' पनि समावेश यि मानिसका लागि खतरनाक जीवमा पर्दछन् ।

तत्कालका लागि ति विषालु जीवहरूलाई समुद्र तटबाट हटाइएको छ । यसअघि पनि ठूलो संख्यामा त्यस्ता विशालु जीवहरु अप्रिलको अन्तदेखि मेको सुरुमा 'गोल्डेन वीक' बिदाहरूमा आएको थियो र पार्कले गस्ती बढाएर तथा उनीहरूको वेबसाइट र सार्वजनिक घोषणाहरू मार्फत चेतावनी जारी गरेर नागरिकहरुलाई सचेत बनाएको थियो ।

किनारमा नियमित रूपमा गस्ती भइरहेको बेला पार्कका एक अधिकारीले भने, 'हामी कुनै पनि समयमा आवश्यकता अनुसार सहयोग गर्न चाहन्छौं।'

मेको शुरुमा, कानागावा प्रिफेक्चरल सरकारको माछापालन विभागले कामाकुरा, जुशी र हायामा लगायत प्रीफेक्चरका अन्य किनारहरूमा बाय-द-विन्ड सेलरहरू र पोर्चुगिज म्यान ओ वार्स जस्ता प्रजातिहरूको चारवटा जीवहरु भेटिएको रिपोर्ट गरेको छ । पोर्तुगाली जीवहरूले शरिरमा डस्दा बिजुली जस्तै पीडा दिने र बेहोस सम्म गराउँदछ । कतिपय अवस्थामा अचेत परेकाहरुको उच्च एलर्जीको समस्याले ज्यान पनि लिनसक्छ ।

कानागावा प्रान्तको फुजिसावाको एनोशिमा एक्वैरियममा जेलीफिशको जिम्मेवारीमा रहेका मासानाओ कराकामेले भने कि दुवै प्रकारका निडारियनहरू सामान्यतया किनारमा बस्छन्, तर तिनीहरू वसन्त र गर्मीमा हावाको वहावका कारण प्रिफेक्चरको तटमा पाइन्छ ।

पोर्चुगिज म्यान ओ वार्स करिब ५ देखि १० सेन्टिमिटर चौडा र लामो 'टेन्टाकल' हुन्छन्, जबकि धेरै अण्डाकार आकारका हावा नाविकहरू करिब १० सेन्टिमिटर चौडा हुन्छन् । दुबै प्रजातिहरू नीलो छन्, र तिनीहरू मृत्यु पछि पनि खतरनाक रहन्छन् । त्यस कारण विशेषगरि साना बालबालिका र एलर्जी लगायत अन्य रोगका विरामीहरुका लागि गम्भिर खतरा रहेकाले समुद्र किनार जाँदा विशेष सावधानी अपनाउनु पर्दछ ।

काराकामेले सर्वसाधारणहरुलाई अनुरोध गर्दै भने 'यदि तपाईंले समुद्र किनारमा त्यस्ता जीवहरु एउटा मात्र भेट्टाउनुभयो भने, कृपया यसलाई नछुनुहोस् । टाढै बस्नुहोस् र अरुलाई पनि सचेत बनाउनुहोस् ।'