(Japan) 31 st May | 2026 | Sunday | 2:39:39 AM || (Nepal) 11:24:39 PM
 
 

जापानमा नेन्किन (पेन्सन) के हो, कसरी प्राप्त गर्ने ? (भाग १)

maya misu   POSTED ON : Friday, 19 May, 2023 | Views : 6820

जापानमा नेन्किन (पेन्सन) के हो, कसरी प्राप्त गर्ने ? (भाग १)


isuजापानी भाषामा नेन्किनको अर्थ पेन्सन हो, र तपाईंहरूमध्ये धेरैलाई यो पहिले नै थाहा छ ।

तर, धेरै नेपालीलाई यो प्रणालीबारे राम्ररी थाहा छैन । यो प्रणाली बुझ्न एकदम जटिल छ, म आफै जापानिज भएर पनि म आफैलाई सबै  कुरा बुझ्न गारो लाग्छ । त्यसैले, मैले जापान समाचार मार्फत जापानमा रहनुहुने नेपालीहरुको लागि सहज रुपमा बुझ्न र बुझाउनको लागि श्रृंखलाबद्ध रुपमा महत्त्वपूर्ण बुंदाहरुको बारेमा व्याख्या गर्ने प्रयास गर्दैछु ।

प्रश्न : मैले नेन्किन कहिले पाउछु ?

उत्तर : ६५ वर्षको उमेरमा, तर यो उमेर हद भविष्यमा परिवर्तन हुन सक्छ । 

नेन्किन एक पेन्सन हो जुन तपाईले ६५ वर्षको उमेरमा अवकाश लिनुभएपछि प्राप्त गर्नुहुन्छ । अहिले सन् २०२३ को नियमानुसार जापानमा अवकाश ग्रहणको उमेर ६५ वर्ष रहेको छ । तर यो जापानको जनसंख्या अनुसार हरेक साल परिवर्तन हुनसक्छ ।

सामान्य नियम अनुसार ६५ बर्ष सम्म पेन्सन पाउछ तर त्यसको लागि पनि जापान छोड्नु अगाडी नै फारम तयार गर्नु पर्ने हुन्छ ।

६६ देखी ७५ वर्षको उमेरमा अलग अलग प्रतिशतमा रकम आउने हुनाले अलग अलग तरिकाको फारम भर्न पर्ने हुन्छ ।

तपाइले चाहेमा आफ्नो पेन्सन ६० वर्ष उमेर पछि अथवा ७५ वर्ष उमेर अगाडी पनि लिन सक्नु हुन्छ ।

प्रश्न 
: नेन्किन पाउनको लागि कति समय लाग्छ ?

उत्तर : यसको लागि कम्तिमा १० वर्ष र अधिकतम ४० वर्ष समय लाग्छ । तर तपाईंले नेन्किन कम्तिमा १० वर्ष तिरेको हुनुपर्छ ।

यदि तपाइले १० वर्ष भन्दा बढी नेन्किन तिर्नु भएको थियो भने, तपाइले आफ्नो अवकाश ग्रहणको बेला थोरै रकम पाउनुहुनेछ, पूर्ण रकम होइन । र तपाईंले ४० वर्षसम्म लगातार नेन्किन भुक्तान गर्नुभएको छ भने चाहिँ पूरा रकम प्राप्त गर्न सक्नु हुन्छ ।

यदि तपाईंले १० वर्ष भन्दा कम नेन्किन तिर्नु भएको थियो, र तपाईं नेपाल फर्किनुभयो भने, तपाईंले नेन्किन फिर्ताको लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यसलाई दात्ताईइचिजिकिन भनिन्छ ।

यदि तपाईंले १० वर्ष भन्दा बढी भुक्तानी गर्नुभयो भने, बिचमा फिर्ता पाउन सक्नुहुन्न । यसको सट्टा, तपाईंले भविष्यमा पेन्सन पाउनुहुनेछ ।

प्रश्न :
 मैले नेन्किन कति पाउछु ?

उत्तर : तपाईंले जापान पेन्सन सेवामा सोध्नुपर्छ वा त्यसको ねんきん定期便 (नेन्किन तेइकिबिन) 'निम्नलिखित पोस्टकार्डको जस्तै'मा जाँच गर्नुपर्छ ।

नेन्किन कति पाउने भन्ने कुरा निम्नलिखित कुराका आधारमा गणना गरिन्छ 
:

१. तपाईंको तलब

२. कति समय नेन्किन तिर्नुभयो

३. पेन्सनका प्रकारहरु 'तपाइको पेन्सनमा निर्भर गर्छ' 

त्यसैले यो साधारण गणना होइन, र यो फरक हुन सक्छ । विशेष गरी यदि तपाईंले बीचमा काम परिवर्तन गर्नु भएको थियो भने, तपाइले माथि उल्लेखित पोस्ट कार्ड अथवा पेन्सन सेवामा गएर वा कल गरेर बुझ्दा राम्रो हुन्छ । 

कल गर्दा आफ्नो पेन्सन नम्बर साथ राख्नु होला ।

प्रश्न :
  मेरो नेन्किन नम्बर कहाँ छ ?

उत्तर :  यो कागजातहरू मध्ये एक हो । कृपया यसलाई सँधै सुरक्षित राख्नुहोला ।

प्रश्न :
 मैले पेन्सन तिरिरहेको छ कि छैन भनेर कसरी थाहा पाउने ?

उत्तर :  तपाइले आफ्नो तलब पर्चि (क्यूर्योउ मेइसाई) बाट थाहा पाउनु सक्नुहुन्छ । धेरै जसोले कर, होकेन र नेन्किन तिरिरहेको हुन्छ, जुन चाही क्यूर्योउ मेइसाईबाट थाहा पाउन सकिन्छ । 


हामी तपाईंलाई अर्को हप्तामा क्यूर्योउ मेइसाई कसरी पढ्ने र जापानमा तपाईंले पाउनसक्ने सुविधाहरुबारे जानकारी दिनेछौ । 

अर्को हप्ता : जापानमा तलब रसिद (क्यूर्योउ मेइसाई) कसरी पढ्ने ? म के तिर्दैछु ?

प्रतिक्षा गर्नुहोस्

...

थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं. - ९७७-९८४७६९१६४२ 

वेबसाइट : Nenkinsewa.com