टोकियो, जापान ।
नयाँ आर्थिक वर्ष २०२३ अप्रिल १ तारिखदेखि जापानको स्वास्थ्य सेवा र पेन्सन जस्ता सामाजिक सुरक्षा प्रणालीमा परिवर्तन भएको छ ।
परिवर्तन अनुसार सुत्केरी हुँदा पाइने एकमुष्ट भत्ता रकम बृद्धि भएको छ भने पेन्सन लगायत सामाजिक सुरक्षा भत्तामा पनि बृद्धि भएको छ ।
बच्चा जन्मदा पाइने बाल हेरचाह एकमुष्ट अनुदान ५००,००० येन
जापानले सुत्केरी र बाल हेरचाहका लागि उपलब्ध गराउँदै आएको रकम बढाएको छ । प्रसव र बाल हेरचाहको एकमुष्ट भत्ता वार्षिक रूपमा बढ्दै गएको आर्थिक भार कम गर्नको लागि हालको ४२०,००० येनबाट बढाएर ५००,००० येन पुगेको छ । अर्थात् अब जापानमा सुत्केरी हुने महिलाले जापान सरकारबाट सहयोग रकम स्वरुप ५ लाख जापानी येन पाउनेछन् ।
सन् १९९४ मा यो प्रणाली सुरु भएयता ८०,००० येन बृद्धि सबैभन्दा ठूलो हो ।
यसैगरि सरकारले पेन्सन भुक्तानी रकम तीन वर्षमा पहिलो पटक बढाएको छ । साथै, पेन्सन रकम पनि परिवर्तन हुनेछ ।
अप्रिल महिना पछिको भुक्तानी रकम तीन वर्षमा पहिलो पटक अघिल्लो वर्षको तुलनामा बढ्नेछ,
परिवर्तन अनुसार
६७ बर्ष मुनिका व्यक्तिको २.२ प्रतिशत र
६८ बर्ष वा सो भन्दा माथिका प्रत्येकको १.९ प्रतिशत बृद्धि हुनेछ ।
विशेष गरी राष्ट्रिय निवृत्तिभरण
६७ बर्ष मुनिका हरुको लागि पूर्ण रकम प्रतिमहिना १,४३४ बढेर ६६,२५० येनसम्म पुग्नेछ
६८ बर्ष वा सो भन्दा माथिकाको लागि १,२३४ येन बृद्धि भएर ६६,०५० येन हुनेछ ।
साथै, ६७ वर्षभन्दा कम उमेरका पति र पूर्णकालिक गृहिणीका लागि मासिक ४,८८९ येनले बढेर कल्याणकारी पेन्सन २,२४,४८२ येन भएको छ ।
थप रूपमा, हालको स्वास्थ्य बीमा कार्डलाई अर्को शरद ऋतुमा खारेज गरी माई नम्बर कार्डसँग एकीकृत गर्ने प्रयासहरू सुरु हुनेछन् ।
यदि माई नम्बर कार्ड स्वीकार गर्ने मेडिकल संस्थामा परम्परागत स्वास्थ्य बीमा कार्ड प्रयोग गरिन्छ भने, काउन्टरमा बिरामीले भुक्तानी गर्नुपर्ने रकम बढि हुनेछ ।
बाल हेरचाह बिदा लिने पुरुषहरूको दर घोषणा गरिंदै
संशोधित बाल हेरचाह र परिवार हेरचाह बिदा कानून अन्तर्गत, १,००० भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूले वर्षमा एक पटक बाल हेरचाह बिदा लिने पुरुष कर्मचारीहरूको प्रतिशत खुलासा गर्न आवश्यक हुनेछ ।
योग्य कम्पनीहरूले अघिल्लो व्यापार वर्षको नतिजाहरू लगभग तीन महिना भित्र आफ्नो वेबसाइटहरूमा वा सर्वसाधारणले हेर्न सक्ने अन्य तरिकाहरूमा प्रकाशित गर्न आवश्यक छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२१ मा ८५.१ प्रतिशत महिलाले बाल हेरचाह बिदा लिएका छन् भने १३.९७ प्रतिशत पुरुषले मात्रै विदा लिएका छन् ।