(Japan) 31 st May | 2026 | Sunday | 2:35:21 AM || (Nepal) 11:20:21 PM
 
 

माउन्ट फुजीमा ज्वालामुखि विस्फोट भए सुरक्षित रहने उपायहरु

  POSTED ON : Thursday, 30 March, 2023 | Views : 1938

माउन्ट फुजीमा ज्वालामुखि विस्फोट भए सुरक्षित रहने उपायहरु


शिजुओखा, जापान ।

ज्वालामुखि विस्फोटको उच्च सम्भावना रहेको माउण्ट फुजि पर्वतमा सम्भावित लाभा प्रवाहको पहुँच भित्रका क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहनका लागि नयाँ उपायहरु सार्वजनिक गरिएको छ ।

यसअघि सार्वजनिक गरिएको भन्दा फरक उपायहरुमा ट्राफिक जामबाट बच्न, बुधवार घोषणा गरिएको नयाँ निकासी योजना अन्तर्गत पैदल हिँड्न आग्रह गरिएको छ ।

माउन्ट फुजी ज्वालामुखी प्रकोप प्रतिकार्यका लागि समन्वय समिति, यामानाशी, शिजुओखा र कानागावा प्रान्तहरू र अन्य निकायहरू सम्मिलित, जापानको सबैभन्दा अग्लो हिमालको सम्भावित विष्फोटको लागि पूर्व तयारी गर्ने योजनामा ​​निर्णय गरिएको छ ।

बासिन्दाहरूलाई कसरी प्रभावित क्षेत्र खाली गर्नुपर्दछ भन्ने परिवर्तनको अतिरिक्त, नयाँ योजनाले विष्फोटको प्रारम्भिक संकेतहरूमा पर्यटकहरूलाई क्षेत्र छोडेर अन्योलबाट बच्न, बासिन्दाहरूलाई भाग्न ढिलाई नगर्न पनि सचेत गराएको छ ।

२०२१ बाट समितिले यसको २०१५ को निकासी योजनाको समीक्षा गर्न थालेको थियो । विष्फोट जोखिम नक्सामा लाभाले ढाकिएको क्षेत्रहरूको विस्तार पछि १७ वर्षपछि पहिलो पटक नक्सा परिमार्जन गरिएको छ ।

मार्च २०२२ मा अन्तरिम प्रतिवेदन जारी गरेदेखि, समितिले खाली गर्ने समय जस्ता विवरणहरू अध्ययन गरिरहेको छ । योजनाले मुख्यतया यामानाशी र शिजुओका प्रान्तहरूमा ११६,०९३ जना मानिसहरूलाई लक्षित गरेको छ । जुन अघिल्लो योजनामा समावेश गरिएको केवल १६,२७४ बाट उल्लेखनीय वृद्धि हो ।

जापानको मौसम विज्ञान एजेन्सीले माउन्ट फुजीको विष्फोटको खतरालाई सङ्केत गर्ने पाँचवटा ज्वालामुखी चेतावनी स्तरहरू निर्धारण गर्न मापदण्ड पनि तय गरेको छ ।

नयाँ योजना अनुसार, पर्यटकहरूले ज्वालामुखी गतिविधि बढ्न सक्ने सम्भाव्यता जनाउने लेभल १ अलर्ट जारी गरिएको समय र ज्वालामुखी नजिक नजान मानिसहरूलाई चेतावनी दिने समयको बीचमा कार वा रेलबाट घर फर्कन पर्ने भनिएको छ ।

माउन्ट फुजीको पाँचौं स्टेशन माथिका पर्वतारोहीहरूले त्यस्ता अलर्ट जारी गर्दा तल फर्कनुपर्दछ ।

वृद्ध व्यक्तिहरू, ह्वीलचेयर प्रयोगकर्ताहरू र सहायता चाहिने अरूहरूले कार वा सवारीसाधनको यात्रा रोक्नु पर्दछ । यस्तो अवस्था मानिसहरूलाई बासस्थान खाली गर्न तयार हुन भनिएको लेभल ४ अलर्ट जारी गरिएको समयमा हुने छ । पर्यटक र पर्वतारोहीहरू पहिले निस्कनु भनेको ट्राफिक जाम र अन्य समस्याहरूको कारणले ढिलाइ हुनबाट जोगाउनु भएको अधिकारीहरुले बताएका छन् ।

नयाँ योजनाले पहिलो पटक बालबालिकाका लागि निकासी उपायहरू पनि तोकेको छ । लेभल ३ अलर्टले निकासी क्षेत्रहरूमा रहेका सबै विद्यालय र किन्डरगार्टेनहरू बन्द गरिनेछ, र बच्चाहरूलाई तिनीहरूका अभिभावक वा जिम्मेवार व्यक्तिहरुमा हस्तान्तरण गरिनेछ ।

साधारणतया बासिन्दाहरूको लागि, पाइरोक्लास्टिक प्रवाह र ठूलो विष्फोट अपेक्षित नहुने र लाभा प्रवाह तीन घण्टा भित्र पुग्ने क्षेत्रका मानिसहरूलाई विष्फोट पछि पैदल हिँड्न आग्रह गरिन्छ । यो लाभा प्रवाह सहरी क्षेत्रहरूमा हिड्न असहज बनाउनेगरि लाभा जमिनमा ढाकिनेछ भन्ने पूर्वानुमानमा आधारित रहेर गरिएको छ ।

पहिलो चेतावनी स्तरदेखिनै स्थानिय बासिन्दाहरूलाई कारबाट निस्कन र पर्यटकहरूले जस्तै प्रारम्भिक समयमा सुरक्षित निकासि उपायहरु अपनाउन सक्नेमा पनि विज्ञहरुले सुझाएका छन् ।