टोकियो, जापान ।
जापानमा कोभिड संक्रमण जोखिमका कारण मास्क लगाउनु पर्ने नियम आजबाट खुकुलो भएको छ । अर्थात् सरकारले आजबाट मास्क लगाउने वा नलगाउने भन्ने कुरा व्यक्तिको विवेकमा भर पर्ने भन्दै खुला गरिदिएको छ । यसको अर्थ हो मास्क नलगाएपनि तोकिएका निश्चित क्षेत्र बाहेक कुनैपनि स्थानमा लगाउनै पर्ने बाध्यता पारिनेछैन ।
नियम खुकुलो भएपछि तपाईं चाहिँ के गर्नुहुन्छ ? मास्क लगाउने बारेको जिज्ञासामा चार मध्ये एक जापानीले एउटा सर्वेक्षणमा आफुहरु मास्क लगाउन नछाड्ने बनाएका छन् ।
सोमबार अर्थात् मार्च १३ देखि जापानमा मास्कसम्बन्धी नियम खुकुलो भएको छ । संक्रमण रोकथाम गर्न अनि बानीका कारण मास्क लगाइरहने अधिकांशको भनाइ छ ।
जापान सरकारले मास्क लगाउने कि नलगाउने भन्ने निणर्य भने सर्वसाधारणमाथि छाडिदिएको छ । विगत तीन वर्षसम्म कोभिडका कारण लगाइएको प्रतिबन्धपछि सामाजिक तथा आर्थिक गतिविधिलाई सामान्य बनाउने सरकारी प्रयास जारी छ । तर सर्वेक्षणको नतिजाले भने नाक मुख मास्कले छोप्नै पर्ने अभ्यासमा व्यापक परिवर्तन भने नआउने देखाएको छ ।
सन् २०२० को शुरुमा संक्रमण बढ्न थालेयता मास्कको प्रयोग व्यापक भएको छ । अहिले सरकारले घरभित्र वा कोठामा मास्क लगाउन भनेपनि बाहिर भने लगाउन सुझाव दिएको छैन । लाइबो इंकले गरेको अनलाइन सर्वेक्षण अनुसार ५६१ कम्पनीका २० देखि ५० वर्षबीचका कर्मचारीहरुमाध्ये २७ दशमलव ८ प्रतिशतले मास्कलाई बिना शर्त लगाइरहने बताएका छन् ।
६६ प्रतिशतभन्दा धेरैले भने अवस्था हेरेर लगाउने नलगाउने निणर्य गर्ने भनेका छन् । साढे ५ प्रतिशत मात्रै अवस्था जस्तो सुकै भएपनि मास्क लाउँदिन भनेका छन् । बहुउत्तर माग्दै मास्क लगाउने कारण सोध्दा ५३ दशमलव ४ प्रतिशत जवाफ संक्रमण रोक्न भन्ने छ । अर्को ५० दशमलव २ प्रतिशत जवाफ भने बानी परेको भन्ने छ ।
३९ दशमलव २ प्रतिशतले कोरोना बाहेक अन्य रोगबाट आफूलाई जोगाउन त्यसो गर्ने बताए । सरकारको नयाँ निर्देशिका अनुसार स्वास्थ्य संस्था र नर्सिङ होम नि भिडभाड भएको रेल र बसमा मास्कको प्रयोग गर्न सुझाव दिएको छ ।